काठमाडौं- नेकपा (एमाले) बैतडीको जिल्ला नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ। नेता सुरेन्द्र पालको नेतृत्वमा सर्वसम्मत रुपमा ९० सदस्यीय जिल्ला कमिटी चयन भएको नवनिर्वाचित उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।
पाल यसअघि पनि एमाले जिल्ला अध्यक्ष थिए। अध्यक्षमा जिल्लाका अर्का नेता गोरखबहादुर चन्दको पनि दाबी थियो। तर, अन्तिममा उनले पनि पाललाई नै समर्थन जनाएपछि नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो।
कार्यसमिति उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारी चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।