• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हिमपात र सञ्चार अभावले पिरोलिएको याङ्‍मा

64x64
रासस शुक्रबार, पुस २३, २०७८  १२:५३
1140x725

फुङ्‍लिङ- चाँदीजस्तै टल्किने हिमालहरू। चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ सुरुआत हुन्छ। बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिएजस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङबासी आफूलाई गर्वको महसुस गर्छन्। त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको पनि छ।

यही पुस १३ र १४ गते हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भयो। ताप्लेजुङका लेकदेखि बेसीसम्म हिउँ आइपुग्यो। धेरैको जनजीवन प्रभावित हुन पुग्यो। मिक्खोला गाउँपालिका-५ पापुङका बाबुछोरा चौँरी गोठ सर्ने क्रममा हिमपहिरोमा परे। तिनको उद्धारका लागि अल्टिच्युड एयर कम्पनीको हेलिकप्टरमार्फत् दुई दिन पहल गर्दा पनि बसेको ठाउँ पत्ता लाग्न सकेन। ओडारमा बसेको छ दिनमा मात्र उनीहरू आफैं हिँडेर गाउँ आइपुगे। समुद्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको याङ्‍मा बस्ती भने हिमपातसँगै अहिले सम्पर्कविच्छेद् बनेको छ।

चीनको सीमावर्ती क्षेत्र फक्ताङ्‍लुङ गाउँपालिका वडा नं ७ याङ्‍मामा  हिमपात भएसँगै अहिलेसम्म गाउँका समुदायसँग सम्पर्क हुन नसकेको ताम्लिङ शेर्पाले बताए। सदरमुकाम फुङ्‍लिङदेखि एक दिन सवारीसाधन र बाँकी दुई दिन पैदल यात्रामार्फत् तीन दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्‍चुङ्‍गोलाको याङ्‍मा पुगिन्छ। जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्‍मामा हिमपात भएसँगै त्यहाँका समुदायसँग सम्पर्कविच्छेद् भएको हो।

एघार घरका करिब ४० जनाको स्थायी बसोबास रहेको यहाँको मुख्य पेसा पशुपालन हो। उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन। सो बस्ती पशुपालनमा पनि याक गोठमा निर्भर रहन्छ। कञ्चनजङ्‍घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का आर्थिक तथा प्राविधिक सहयोगमा याङ्‍मा क्षेत्रमा  चार सय, ओलाङ्‍चुङ्‍गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा ३६ याकको बिमासमेत गरिएको परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए। चीनका विभिन्न क्षेत्रमा नेपाली याक, तिनका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले  याङ्‍मा समुदायले याक गोठ छाड्न सकेको छैन।

चीनका बजारमा प्रतियाक ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीयवासी बताउँछन्। छुर्पी र घिउ प्रतिकिलो एक हजार २०० रुपैयाँमा बिक्री हुने गरेको याङ्‍माका फिम्जो शेर्पाले बताए। याङ्‍मा समुदायको प्रमुख आम्दानीको स्रोत नै याक पालन हो। करिब तीन वर्षदेखि भने चीनतर्फको नाका बन्द छ। यसबाट आर्थिक संकटसमेत खेप्दै आएको समुदायलाई अहिले हिमपातले सताएको छ।

विकास पूर्वाधारबाट धेरै टाढा रहेको बस्तीमा  स्वास्थ्य, शिक्षा, सञ्चार र यातायात जस्ता भौतिक पूर्वधार पुग्न सकेको छैन। विगतमा विद्यालय भए पनि विद्यार्थी नभएपछि बन्द भयो। यहाँ अहिलेसम्म स्वास्थ्यचौकीस्थापना भएको छैन। यहाँका मानिस बिरामी भएमा जङ्‍गलमा भएको जडीबुटी  नै औषधोपचारको स्रोत रहिआएको छ। यहाँ अहिले बिजुली बत्तीसमेत छैन। परिषद्ले दिएको सौर्य ऊर्जाले हिमपात तथा घाम नलाग्दा काम गर्दैन। त्यस समयमा अन्धकारमा नै बस्नुपर्ने हुन्छ।

याङ्‍मा गाउँमा सञ्चारको पहुँच सहज छैन। सञ्चार आदानप्रदान गर्नुपर्‍यो भने खोला तरेर दुई घण्टा हिँडेपछि बल्ल स्काईको नेटवर्क भेट्न सकिए पनि  गत साता बाक्लो हिमपात भएसँगै याङ्‍मा समुदाय सम्पर्कमा आउन नसकेको ताम्लिङ शेर्पाले बताए। हिमपात हुनुअघि नै शेर्पा भने सदरमुकाम फुङ्‍लिङ झरेका छन्। ताम्लिङले भने, 'मेरा छोराबुहारी याङ्‍मामै छन्। एक याक गोठ छ। ७० वटा याक छन्। अहिलेसम्म फोन सम्पर्क भएको छैन।'  उनीहरूसँग सम्पर्क हुन सक्दा आफू चिन्ताले निदाउनै नसकेको ताम्लिङले बताए।

लामो समयसम्म फोन सम्पर्कमा नआउँदा याङ्‍मा बस्तीबारे आफूलाई पनि चिन्ता हुने फक्ताङलुङ गाउँपालिका-६ घुन्साका सेराप शेर्पाले बताए। उनले भने, 'मेरो पनि ससुराली याङ्‍मा हो तर हिमपात भएयता कोही पनि सम्पर्कमा आउनुभएको छैन।' याङ्‍मा गाउँको समुदायले हिमपात हुनु अगाडि नै आवश्यक पर्ने खाद्यपदार्थ तथा न्यानो कपडा र याकका लागि घाँसको जोहो गरेर राखेकाले हिमपातमा सुरक्षित हुनसक्ने फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाले बताए। उनले भने, 'याङ्‍मा गाउँ जाउँ भने हिउँले बाटो बन्द भएको छ तर हिउँ पर्ने समयमा  याक गोठहरू पनि हिमपहिरोबाट जोगिन सक्ने ठाउँहरूमा सारिएको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

वरिपरि हिमालले घेरेको र याङ्‍मा खोलाको किनार खोँचमा रहेको याङ्‍मामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको स्थानीयवासी ६५ वर्षीय ताम्लिङ शेर्पाले बताए। सञ्चार सुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको छ। देशमा विकास र परिवर्तनले धेरै गति लिए पनि याङ्‍मा बस्ती अहिलेसम्म ओझेलमै रहेको ताम्लिङले गुनासो गरे।

याङ्‍माकै  छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको बताए। भारतको दार्जिलिङलगायत सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैं मनमा पीडा हुने गरेको ताम्लिङ बताउँछन्। छोराछोरी र आफन्तसँग एकार्काको खबर तथा सूचना आदानप्रदान गर्न नपाउँदा मनमा चिन्ताले घर गरिरहने पीडा उनी व्यक्त गर्छन्।

उनीहरूजस्तै सञ्चार सुविधा नहुँदाको पीडा याङ्‍मावासी सबैलाई छ। सञ्चार पहुँच नभएकै कारण मरिमराउ र कुनै संवेदनशील अवस्थाको खबर समयमा नपाउँदा समस्यामाथि समस्या हुने गरेको छ। जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्‍चुङ्‍गोला पुग्नुपर्छ। ओलाङ्‍चुङ्‍गोलामा भने करिब एक वर्षअघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेपछि सञ्चार सम्पर्कका लागि सहज भएको छ। मोबाइल टावर राख्नुअघि ओलाङ्‍चुङ्‍गोलामा पनि सञ्चारको समस्या उस्तै थियो। 

बर्खामा याङ्‍मा-ओलाङ्‍चुङगोला आवतजावत पनि बन्द हुन्छ। पुस, माघ, फागुन र चैतमा हिमपात हुने भएकाले याङ्‍मा जान सकिँदैन। याङ्‍मा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा  याङ्‍मासँग सम्पर्क टुट्ने गर्छ। याङ्‍मा गाउँदेखि एक/डेढ घण्टा टाढा डाँडाडाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ। स्काइमा सम्पर्क भइहाले पनि कुराकानी भने सहजरूपले गर्न पाइँदैन।

Xtrem

Xtrem

थोरै परिवार र कम जनसङ्‍ख्याको बस्ती भएकाले याङ्‍मामा सञ्चारको पहुँच पुर्‍याउने तत्काल कुनै योजना नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ। ओलाङ्‍चुङगोलाबासीसमेत रहेका फक्ताङ्‍लुङ गाउँपालिकाका प्रवक्ता छेतेनले याङ्‍मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताए। केही वर्षअघिसम्म विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत् एसटीएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्‍मा सञ्चार पहुँचबाहिर छ।  छेतेनका अनुसार याङ्‍मासम्म कुनै सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने र चिठ्ठीपत्र पठाउनुपर्ने अवस्था छ। याङ्‍मा गाउँसम्म केही सूचना पुर्‍याउनुपरेमा मान्छे नै गएर सूचना दिने वा चिठ्ठी पठाउनुपर्ने हुन्छ। कुनै पनि सञ्चारमाध्यमको नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति र चिठ्ठीपत्रबाहेक अरू विकल्प नरहेको छेतेनले बताए।

प्रायः याक गोठमा समय बिताउने याङ्‍माबासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउनुपर्छ वा सुसेली हाल्नुपर्छ। ठूलो आवाज र सुसेली सुनेपछि बल्ल एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको स्थानीयवासी याक गोठाला कान्देग्याबु शेर्पाले बताए।

स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार चले पनि अहिलेको सूचना र प्रविधिका समयमा पूरै गाउँबस्ती सञ्चारविहीन हुनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एसोसियसन महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष विष्णुकुमार लिम्बू बताउँछन्। हाल तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्‍माका बासिन्दालाई सञ्चार सुविधा पुर्‍याउनका लागि आवश्यक पहल गर्नुपर्ने लिम्बूको सुझाव छ।

हाल ताप्लेजुङमा २० मोबाइल टावर सञ्चालन भइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ। नौ टावरमा फोरजी सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय प्रमुख शिवकुमार सिंहले बताए। एघार टावरले टुजी सेवा सञ्चालन हुँदै आएको छ। अहिले सञ्चारको पहुँज नपुगेको याङ्‍मा क्षेत्रमा मोबाइल सेवा पुर्‍याउन सरोकार पक्षसँग समन्वय गरिने प्रमुख सिंहले बताए।

गत असोजको दोस्रो साता जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले  जिल्लाका १० स्थानमा सञ्चार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराएका थिए। पूर्वमन्त्री भट्टराईले  टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेटी सोसम्बन्धी मागपत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न आग्रह गरेका थिए।

ताप्लेजुङ  पर्यटन, कृषि, ऊर्जा, व्यापारलगायत क्षेत्रमा अत्यन्तै राम्रो सम्भावनायुक्त जिल्ला भए पनि  आधुनिक सूचना र सञ्चारको सहज पहुँच नहुँदा यहाँका व्यापार, व्यवसाय र पर्यटनको क्षेत्र मात्र नभएर सर्वसाधारणको दैनिक जीवन पर्ने समस्यामा छ। जिल्लामा अप्टिकल फाइबार तत्काल जिल्ला पुर्‍याउनका साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गरिएको छ।

मैवाखोला गाउँपालिका वडा नं  २ ढुङ्‍गेसाँघु, मेरिङ्‍देन गाउँपालिका वडा नं ६ नाल्बु, फक्ताङलुङ-६ लुवाडाँडा, आठराई गाउँपालिका फूलबारी, फुङलिङ नगरपालिका दोखु, देउलिङ्‍गे, मिक्खोला-५ किलिङ, सिरिजङ्‍घा गाउँपालिका वडा नं ५ खेवाड, सिदिङ्‍वा गाउँपालिका  वडा नं  १ कालीखोला, फक्ताङ्‍लुङ-७ याङ्‍मालगायत क्षेत्रमा टेलिफोन टावर राख्न माग गरिएको छ। जिल्लाका विभिन्न क्षेत्रमा माग  गरिएको मोबाइल टावर राख्ने हो भने सबै क्षेत्रमा सञ्चारको पहुँच पुग्ने जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्