काठमाडौं– काठमाडौंकाे बौद्धनजिक फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवती कोठामै मृत भेटिएका छन्। केही समयदेखि सँगै बस्दै आएका उनीहरु आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए।
संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घर भई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राई बिहीबार राति मृत भेटिएका हुन । धारिलो हतियार प्रहारबाट उनीहरूको हत्या गरिएको आशंका प्रहरीले गरेको छ।
घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ। घटनाबारे थप अनुसन्धान पछिमात्र घटनाको तथ्य थाहा हुने प्रहरीको भनाइ छ। घटनास्थलबाट धारिलो हतियार बरामद गरेको प्रहरीले जनाएको छ।
‘पब्जी’ खेलबाट साथी बनेका उनीहरू सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।