काठमाडौं– दक्षिण भारतीय सिनेमाका सुपरस्टार अभिनेता अजीत कुमारको फिल्म ‘वलिमई’को प्रदर्शन मिति सरेको छ। जनवरी १३ मा सिनेमा हलमा प्रदर्शन हुने घोषणा गरिएको फिल्म तत्काललाई पोष्टपोण्ड भएको हो।
भारतमा कोरोना महामारी लगातार बढिरहेको र प्रदेश सरकारले सिनेमा घरमा लगाएका विभिन्न नियमकाबीच फिल्म प्रदर्शन गर्न नसकिने भन्दै फिल्मको निर्माण पक्षले ‘वलिमई’को प्रदर्शन तत्काललाई पोष्टपोण्ड गरेको छ। हाल भारत सरकारले आन्ध्रप्रदेश, तमिलनाडु र महाराष्ट्रमा ५० प्रतिशत दर्शक मात्रै सिनेमा हलमा राख्ने पाउने र महाराष्ट्रमा रातको ८ बजेपछि सिनेमा हल चल्नै नदिने नियम लागु गरेको छ। यसबीच कोरोनाको नयाँ भेरियन्टको जोखिम पनि उच्च रहेको भन्दै फिल्मको निर्माण पक्षले तत्काललाई फिल्मको प्रदर्शन रोकेको छ।
अजीत कुमारको बहुप्रतिक्षित फिल्म ‘वलिमई’ एच बिनोथको निर्देशनमा बनेको छ। फिल्मलाई ‘जि स्टुडियो’ र ‘बोनी कपुर’ले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्म थ्रिलर विधामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।