काठमाडौं– अस्कर अवार्ड विजेता दिग्गज भारतीय निर्देशक सत्यजित रायको हस्तलिखित पटकथा सार्वजनिक हुने भएको छ। भारतको ‘पश्चिम बंगाल रंग पत्रकार महासंघ (डब्ल्युबिएफजेए)’ले घोषणा गरेअनुसार रायको हस्तलिखित रुपमा रहेको ‘घरे भैरे’को पटकथा सार्वजनिक हुने भएको हो। रायको परिवारसँगको सहकार्यमार्फत उक्त पटकथाको हस्तलिखित रुप फेला परेको छ।
जनवरी १६ मा सत्यजितको जन्मदिनको अवसरमा सार्वजनिक गरिने घोषणा गरिएको उत्क पटकथा बढ्दो कोरोना महामारीका कारण स्थगित भएको थियो। डब्ल्युबिएफजेए अवार्डको अवसरमा सार्वजनिक हुन नसकेपछि छिट्टै पटकथालाई सार्वजनिक गरिने डब्ल्युबिएफजेएका सचिव निर्मल धारले बताएका छन्।
सत्यजित रायले ‘घरे भैरे’ १९८५ मा निर्देशन गरेका थिए। फिल्ममा स्वतन्त्रताको लडाइँ र आयातित ईश्वरहरुको बहिष्कारको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा सौमित्र चाट्टरजी, भिक्टर बेनर्जी, स्वतीलेखा सेनगुप्तालगायतका कलाकार मुख्य भूमिकामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।