बनियानी- झापाको कनकाई नगरपालिका-३ स्थित सुरुंगा चोकबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत पश्चिमबंगाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए।
भारतीय नम्बर प्लेटको डब्लूबी६४यू ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शंका लागेर जाँच गर्दा १२ ग्राम खैरो हेरोइन बरामद भएको हो।
पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको र म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुंगाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।