काठमाडौं– विभिन्न मोबाइल नम्बरबाट फोन तथा म्यासेज गरी २० लाख रुपैयाँ माग्दै नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–११ घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ बस्ने २६ वर्षीय संजीब भनिने पदम काफ्ले छन्।
काफ्लेलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।
पक्राउ परेका काफ्लेमाथि अपराधिक लाभको कसूरमा थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार काफ्लेमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ७ दिन थुनामा राख्न अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।