काठमाडौं- ‘आईएमई पे’ र विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको ‘र्याफल ड्र क्याम्पियन’ प्रमोसन पार्टनरको रूपमा समझदारी भएको छ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई लिमिटेड तथा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे’ र युनिमनीबीच उक्त समझदारी भएको हो।
यस क्याम्पियनअन्तर्गत युनिमनि कतार मोबाइल वा युनिमनीको अफिसियल वेबसाइटमार्फत् पैसा पठाउने ग्राहकहरुमध्ये भाग्यशाली १० जना विजेताले आईफोन १३ का साथै ३० जनाले दुई ग्राम, चार ग्राम र आठ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्नसक्ने जानकारी दिइएको छ।
जनवरी १ देखि सुरु भएको यो क्याम्पियन आगामी मार्च १४ मार्च (१७ पुसदेखि फागुन ३० सम्म) चल्ने कम्पनीले जनाएको छ।
विद्युतीय च्यानलहरुको प्रवर्द्धन गर्नका लागि तयार पारिएको उक्त क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा छनोट गरिनेछ।
‘हामी हाम्रा विश्वस्त ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको हाम्रो नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित छौं। हामी सबै ग्राहकहरूलाई उहाँहरूको बैंक खाता, आईएमई पे वालेट वा नगद पिकअपको रूपमा सीधै पैसा पठाउनका लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौं,’ क्याम्पियनको बारेमा बोल्दै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।