काठमाडौं– यामाहाको रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
माइलेज प्रतियोगितालाई निरन्तरता दिँदै यामाहा नेपालले रेजेडआर १२५ एफआई स्कुटर र्याली आयोजना गरेको छ। महाराजगञ्जदेखि बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्याली यामाहा सोरुम महाराजगञ्जबाट सुरु भएको कम्पनीले बताएको छ।
यस पटकको र्याली विजेता प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बनेका छन्। प्रतिलिटर ७४ किमीका साथ भीमबहादुर आले दोस्रो र सञ्जिता महर्जन प्रतिलिटर ७३.५ किमीका साथ तेस्रो भइन्।
यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्युल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर निर्माण गरिएको स्कुटर हो। नयाँ रेजेडआर १२५ एफआईलाई बीएस सिक्स्अनुरूप एयर–कुल्ड, फ्युल–इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।