काठमाडौं– सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
यही पुस २३ गते ३ वर्षे सेवा अवधिका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय सरकारले गरेको हो।
उनले आगामी ९ महिनासम्म गुप्तचर विभागको नेतृत्व सम्हाल्न पाउने छन्। खरेलसँगै एआई अर्थात अतिरिक्त अनुसन्धान निर्देशकको रुपमा यादव प्रसाद रेग्मी थिए। उनीहरु दुई गुप्तचर प्रमुख बन्ने प्रतिस्पर्धामा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।