काठमाडौं- बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ। बुधबार भएको खेलमा होबार्टलाई एडिलेड स्ट्राइकर्सले ७ विकेटले पराजित गरेको हो।
होबार्टले दिएको १ सय २७ रनको लक्ष्य एडिलेडले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। एडिलेडका म्याथ्यु शर्टले सर्वाधिक ७२ रन बनाए। यस्तै, म्याट रेनशले १९ तथा हेनरी हन्टले १८ रन जोडे।
होबार्टका सन्दीपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर २ विकेट लिए। यस्तै, डी आर्ची सर्टले १ विकेट लिए।
त्यसअघि एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको होबार्टले १९.५ बलमा अलआउट हुँदै १ सय २६ रन जोडेको थियो।
होबार्टका लागि डी आर्ची सर्टले सर्वाधिक ३२ रन जोडे। यस्तै, टिम डाभिडले २८, मिचेल ववेनले १६, पिटर ह्वान्डसकम्व १४ र बेन म्याकडेर्मोट ११ रन बनाए।
एडिलेडका पिटर सिडेलले ५ विकेट लिए। राशिद खानले २ विकेट लिए। यस हारसँगै होबार्ट ९ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ। एडिलेड १३ अंक जोडेर छैटौं स्थान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।