काठमाडौं– पोर्चुगल पठाउने नाममा ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बाग्लुङको गल्कोट नगरपालिका–६ का २८ वर्षीय अमृत सोतीमगर र सर्लाहीको बागमती नगरपालिका–१ का २४ वर्षीय समीर कार्कीलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरु कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक हुन्।
उनीहरुले वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख लाग्ने र पोर्चुगल पुगेपछि राम्रो होटल तथा कम्पनीमा काममा लगाइदिने भन्दै ४० लाख लिएर ठगी गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।
उनीहरुले रुपन्देही बुटवल उपमहानगरपालिका–१९ बस्ने वर्ष २६ को लक्ष्मण थापा समेत ४ जना बाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख लिएर ठगी गरेका थिए।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।