काठमाडौं- श्रीलंकाली पुरुष क्रिकेट टिमको अन्तरिम प्रशिक्षकमा रुमेश रत्ननायकेलाई नियुक्त भएका छन्। डिसेम्बर ४ मा मिकी आर्थरसँगको सम्झौता सकिएपछि श्रीलंका मुख्य प्रशिक्षकविहीन छ।
श्रीलंका क्रिकेटले जिम्बावेविरुद्धको सिरिजका लागि पूर्वफास्ट बलर रत्ननायकेलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो।
श्रीलंकाले यसै महिना जिम्बावेविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्ने तालिका तय छ।
पहिलो एकदिवसीय जनवरी १६ मा हुनेछ। रत्ननायकेलाई पूर्वप्रथम श्रेणीका ब्याट्सम्यान रुविन पेरिसले सहयोग गर्ने छन्, जो अन्तरिम ब्याटिङ प्रशिक्षकका रूपमा टोलीमा रहने छन्।
रत्ननायकेले यसअघि अन्तरिम प्रशिक्षकको भूमिका निभाइसकेका छन्, सामान्यतया टोली स्थायी नियुक्तिको बीचमा हुँदा।
भर्खरै सबै राष्ट्रिय टोलीका सल्लाहकार प्रशिक्षकका रूपमा नियुक्त भएका महेला जयवर्धने जिम्बाब्वे सिरिजमा पुरुष सिनियर टोलीको ब्याकरुमको हिस्सा बन्ने सम्भावना छैन, किनकि उनी विश्वकपका लागि श्रीलंकाको पुरुष अन्डर-१९ टोलीसँग हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।