काठमाडौं– यू–१९ विश्वकपअघि जिम्बावे टोलीका चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु हाल वेस्ट इन्डिजमा आइसोलेसनमा छन्।
आरटीपीसीआर परीक्षणपछि उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरूको स्वास्थ अवस्था ठिक रहेको जिम्बाबे क्रिकेट बोर्डले जनाएको छ। उनीहरू पुन: परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्र सेन्ट किट्सको बाँकी टोलीमा सहभागी हुन सक्नेछन्।
जिम्बावेले जनवरी ९ र ११ मा क्यानडा र बंगलादेशसँग अभ्यास खेल खेल्नेछ। समूह सी मा जिम्बावेसँगै अफगानिस्तान, पाकिस्तान र पपुवा न्युगिनी छन्।
विश्वकपअघि जिम्बावेको यू–१९ टोलीले आयरल्याण्डसँग चार खेलको सिरिज खेलेको थियो। पहिलो तीन खेल जितेको थियो भने चौथो खेलमा हार बेहोरेको थियो।
विश्वकपमा प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर लिगमा प्रवेश गर्नेछन्। तलका दुई टोलीले प्लेट लिगमा खेल्नेछन्। अघिल्लो संस्करणमा भारतलाई हराउँदै बंगलादेश यू–१९ विश्व च्याम्पियन बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।