काठमाडौं– जनरल इन्स्योरेन्सले भुक्तानी सम्बन्धी कारोबार स्वचालित रुपमा गर्नका लागि नेपाल क्लियरिङ हाउससँग सहकार्य गरेको छ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सोसम्बन्धी सहकार्यमा हस्ताक्षर गरेका हुन्।
यस सम्झौता अन्र्तगत जनरल इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबार स्वचालित रुपमा गर्न सक्नेछन्।
उक्त प्रणालीमार्फत जनरल इन्स्योरेन्सले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।