काठमाडौं– ड्रिम हाइ नेपालले पुस २४ गते आयोजना गर्न लागेको 'एलआईसी नेपाल मिडिया अवार्ड २०७८' को मनोनयन सार्वजनिक भएको छ। कूल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको अवार्ड आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए।
नेपाल मिडिया अवार्ड २०७८ मा सञ्चार क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तिलाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड' (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने जिसीले जानकारी दिए। उनका अनुसार पहिलोपटक आयोजना हुन लागेको मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ। 'नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौं', जिसीले भने।
१९ विधामध्ये तीन विधामा नेपाल लाइभकर्मी पनि मनोनयनमा परेका छन्। बेस्ट सोसियल स्टोरीमा नेपाल लाइभकर्मी नारायण अधिकारी, बेस्ट अनलाइन जर्नालिस्टमा डिबी खड्का र बेस्ट हेल्थ जर्नालिस्टमा रिता लम्साल मनोनयनमा परेका हुन्।
टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ।
मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली निम्नानुसार रहेको छ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।