काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरसँगै गायव भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका रमेश उप्रेती पक्राउ परेका छन्। उनी जेलमा रहेका मुख्य आरोपी चुडामणि उप्रेती 'गोरे'का भाइ हुन्।
प्रहरी स्रोतका अनुसार उनलाई दुबईबाट ल्याइएको हो। यद्यपि, प्रहरीले भने उनी एयर अरेबियाको विमानमार्फत् काठमाडौं आउँदै गरेको सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरिएको दाबी गरेको छ।
२०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो। सो प्रकरणमा गोरेको समूहले यातना दिँदा एक जनाको ज्यानसमेत गएको थियो।
उक्त घटनामा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ अदालतमा मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।