• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

चुनौती र अवसरको दोसाँधमा अध्यक्ष प्रचण्डको आगामी यात्रा

64x64
रासस सोमबार, पुस १९, २०७८  २०:४४
1140x725

काठमाडौं– नेकपा(माओवादी केन्द्र)को आठौं महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ। 

आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट नेता नारायणकाजी श्रेष्ठले उनलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए।

केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो। जेष्ठ सदस्य शर्माले अध्यक्षमा प्रचण्ड निर्वाचित भएको घोषणा गरे। माओवादीले आफ्नो संरचनामा पहिले सम्बन्धित समिति छनोट गर्ने र सोही समितिमा निर्वाचन वा सहमतिका माध्यमबाट पदाधिकारी चयन गर्ने नयाँ प्रणालीको विकास गरेको छ। सोही आधारमा आजको बैठकले अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको हो।

समाजवादी क्रान्तिलाई अगाडि बढाउने तथा मुलुकको समग्र हितका लागि अध्यक्षमा प्रचण्ड नै उपयुक्त रहेको निष्कर्षसहित नेता शर्माले केन्द्रीय समितिमा उनको नाम प्रस्ताव गरेका थिए। केन्द्रीय समितिले ध्वनीमतका आधारमा उहाँको नाम सर्वसहमतिले पारित गरेको हो।
 
माओवादीको शनिबार पारित भएको विधानअनुसार अब पदाधिकारी छनोटको प्रक्रिया अगाडि बढाइने भएको छ। माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ। त्यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक रहने व्यवस्था छ। विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ। त्यसमध्ये आइतबार २३६ जना निर्वाचित भएका थिए। बाँकी रहेका ६३ जना मनोनित हुनेछन्।

माओवादी जनयुद्ध, जनआन्दोलन, संविधानसभाबाट संविधान, गणतन्त्रको घोषणा तथा कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत एजेण्डाहरूको सुत्रधारको रूपमा रहेको माओवादीको नेतृत्वमा लामो समयदेखि अध्यक्षका रूपमा प्रचण्ड नै हुनेछन्।

टुटफुट तथा एकताको प्रक्रियाबाट अगाडि बढेको माओवादी आन्दोलनलाई समय सापेक्ष रूपमा अगाडि बढाउने दायित्व आफू र आफूहरूको काँधमा रहेको नवनिर्वाचित अध्यक्ष प्रचण्डले आजको सम्बोधनमा समेत उल्लेख गरेका छन्।
 
यस्तो छ उनको राजनीतिक जीवन 
मुक्तिराम दाहाल र भवानी दाहालको सुपुत्रका रूपमा कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस–१ लेवाडेमा जन्मनुभएका अध्यक्ष प्रचण्ड राजनीतिक रूपमा जनयुद्ध, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, संविधानसभाको नेतृत्वकर्ताको हैसियतमा नेपालको राजनीतिमा क्रियाशिल छन्।

पछिल्लो पटक आज पुनः अध्यक्षमा निर्वाचित भएपछि उनले महाधिवेशनमा उन्नत खालको लोकतान्त्रिक अभ्यास भएको बताए। उनले भने,‘माओवादी नेतृत्व प्रचण्डको आदेशमा कार्यकर्ताले ताली पड्काएर चुनिएको होइन। मैले आदेश दिएर पनि यो कमिटी निर्वाचित भएको होइन। पार्टीका नेता तथा कार्यकर्ताले नै आफ्नो नेतृत्व चयन गरेको हो।’ 

उनले आयोजक समिति र स्थायी समितिको प्रस्तावका रूपमा महाधिवेशनको हलले केन्द्रीय समितिलाई निर्वाचित गरेको उनको भनाइ छ। महाधिवेशनमा देश विकास र समृद्धिबारे छलफल भएको तथा देशलाई समृद्ध बनाउने विषयमा बृहत् बहस भएको उनको भनाइ छ।   महाधिवेशनले आफूलाई अध्यक्षका रूपमा काम गर्नुस् भन्नेर जिम्मेवारी दिएको उनको कथन छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखामा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए। विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले रामबहादुर थापा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए। विसं २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता प्राप्त गरेका थिए। तत्कालीन नेकपा (चौम)मा प्रवेश गरेका उनले २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा पार्टीको जिम्मेवारी सम्हालिसकेका छन्। विसं २०३६ मा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य बनेका उनी २०३८ सालमा अखिल नेपाल युवक सङ्घको केन्द्रीय महासचिवमा निर्वाचित भए। 

राजनीतिक यात्राको क्रममा २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय समितिको सदस्य, २०४२ सालमा नेकपा (मशाल)कोे पोलिटब्यूरो सदस्य र २०४६ सालमा नेकपा (मशाल)को महामन्त्रीमा निर्वाचित भए। तत्कालीन मशालका महामन्त्री मोहन वैद्यको प्रस्तावमा नै उनी महामन्त्रीमा चयन भएका हुन्।

यस्तै, २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्री निर्वाचित हुनुभएका अध्यक्ष प्रचण्ड, २०५१ सालमा पुनः नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित भए। विभिन्न कम्युनिस्ट घटकहरूको एकता पछि एकता केन्द्र गठन भएको थियो। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे। विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)को अध्यक्ष भए।

यस्तै, विसं २०५८ मा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर तथा २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएका थिए। विसं २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौँ क्षेत्र नं १० र रोल्पा क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित भए। तत्कालीन नेकपा(माओवादी) संविधानसभाको ठूलो दलका रूपमा स्थापित भयो। ठूलो दलको नेताका रूपमा उनी २०६५ साउन  ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए।
 
यस्तै, २०६९ मा हेटौंडामा आयोजना गरिएको एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को अध्यक्षमा निर्वाचित भए। त्यस्तै २०७१ मा विराटनगर आयोजना गरिएको राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), अध्यक्षमा पुनः निर्वाचित भए।  यस्तै, २०७३ साल विभिन्न १० वटा समूहका रहेका माओवादी समूहको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), गठन भयो। सो पार्टीको  अध्यक्षमा समेत प्रचण्ड नै निर्वाचित भए। संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त दास्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, २०७५ जेठ ३ गते तत्कालीन नेकपा(एमाले) सँग पार्टी एकता गर्दै नेकपा निर्माण गरेका अध्यक्ष प्रचण्ड सो पार्टीमा पनि अध्यक्षको भूमिका निर्वाह गरे। गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी फरक पार्टीका रूपमा अस्तित्वमा आएपछि उनी पुनः अध्यक्षकै रूपमा कार्यरत थिए। नवनिर्वाचित अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्याहरू (भाग १, २ र ३), प्रचण्डका सङ्कलित रचनाहरू (भाग १ र २) र प्रचण्डका सङ्कलित सैन्य रचनाहरू पुस्तक प्रकाशित छन्।
 
‘देश निर्माणका लागि इमान्दार प्रयास गर्छु’
अध्यक्षमा चयन भएपछि उनले आफ्नो काँधमा देश, जनतालाई अगाडि बढाउने र परिवर्तनका सपना पूरा गर्ने दायित्व आइपरेको र त्यसमा इमान्दार प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन्। जनयुद्ध छाडेपछि बिग्रिएको माओवादीले आठौं महाधिवेशनमा आइपुग्दा धुलोमैलो झारेको उल्लेख गर्दै उनले अब आफू देश र जनताको हितमा अझै बढी क्रियाशील हुने दुढता व्यक्त गरे। उनले भने,‘नेतृत्वका रूपमा मेरा लागि यो अन्तिम अवसर हो। नेपाल राष्ट्र र नेपालीका लागि केही गर्न मेरा लागि यो अन्तिम अवसर र अन्तिम चुनौती पनि हो।’

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्