काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र हलबाट २३६ केन्द्रीय सदस्यको नाम घोषणा गरिएको छ। आइतबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी बाँकी राख्दै केन्द्रीय सदस्यको नाम घोषणा गरेका हुन्।
खुलातर्फ १११ जना केन्द्रीय सदस्यको नाम दाहालले घोषणा गरेका थिए। ती नाम हलले अनुमोदन गरेको छ। खुलातर्फ घोषणा गरिएका नाममा महिला ६ जना मात्र परेका छन्।
खुलातर्फ केन्द्रीय सदस्यमा पर्नेमा पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङ रहेका छन्। पूर्वसभामुख ओनसरी घर्ति मगर भने खुलातर्फ अटाइनन्। उनी जनतजाती महिलातर्फबाट केन्द्रीय सदस्य भएकी छन्।
माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला पुर्याउने भनेको छ। समानुपातिक सूचीमा महिलाहरुको नाम धेरै अटाएको भए पनि खुलातर्फ भने चर्चित अनुहार मात्र समावेश भएका छन्। खुलातर्फ ३४ जनाको पद भने रिक्त रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।