काठमाडौं– नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय समितिका २३६ सदस्य टुंगो लगाएको छ। आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनको बन्दसत्र हलमा प्रस्तुत गरेको सूची हलले पारित गरेको हो।
केन्द्रीय सदस्य बनेका २३६ मध्ये १११ जना खुला केन्द्रीय सदस्य हुन्। कुल १४५ खुला सदस्यमध्ये ३४ जना पछि मनोनीत हुनेछन्।
केन्द्रीय सदस्यमध्ये मधेसीतर्फ ६ जना केन्द्रीय सदस्य भएका छन्। मधेसी पुरुषमा जगत यादव, शिवकुमार मण्डल र रामकुमार यादव छन्।
यस्तै, मधेसी युवामा सुरेन्द्र मेहता र मधेसी महिलामा बोधमाया कुमारी यादव र सुनिताकुमारी यादव छन्।
यसैगरी, दलिततर्फ १६ जना केन्द्रीय सदस्य भएका छन्। दलित पुरुषतर्फ विष्णुबहादुर विक, यमबहादुर परियार र जगत पार्की, दलित महिलातर्फ अन्जना बिसंखे, सुशीला श्रीपाईली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक र पम्फा बसेल छन्।
यस्तै, दलित युवामा सुबोध श्रीपाइली र दलित युवा महिलामा पार्वती विक केन्द्रीय सदस्य भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।