काठमाडौं– नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको नाम बन्दसत्र हलले अनुमोदन गरेको छ।
आइतबार साँझ प्रचण्डले प्रस्ताव गरेको २३६ केन्द्रीय सदस्यको नाम बन्दसत्र हलले अनुमोदन गरेको हो।
माओवादीका विभिन्न क्लस्टरतर्फका २३६ केन्द्रीय सदस्यको टुंगो लागेको हो। कूल २९९ सदस्यीय केन्द्रीय समितिमा समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्ययको नाम घोषणा हुन बाँकी छ।
आइतबार बन्दसत्र हलबाट अनुमोदन भएका केन्द्रीय सदस्यमा खस आर्यतर्फ प्रचण्डका सहोदार भाइ नारायण दाहाल र छोरी रेणु दाहाल परेका छन्। नारायण खस आर्य पुरुषतर्फ र दाहाल खस आर्य महिलातर्फ केन्द्रीय सदस्य बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।