काठमाडौं- नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नाम पारित गरेको छ।
अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा नाम वाचन गरेका थिए। उक्त प्रस्ताव बन्दसत्रले अनुमोदन गरेको हो।
अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गरेका थिए।
बन्दसत्रबाट पारित भएको उक्त नाम पार्टीको निर्वाचन आयोगले प्रक्रियामा लैजाने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।