काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कमलादीमा जारी माओवादीको आठौं महाधिवेशनको बन्द सत्रमा केन्द्रीय सदस्यमा रहनेहरूको प्रस्तावित नाम घोषणा गरेका छन्।
यसमध्ये खसआर्य युवा महिलातर्फ ६ जना परेका छन्। यशोदा न्योपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना र कृष्णा शाहलाई खसआर्य युवा महिलातर्फ केन्द्रीय सदस्यका लागि प्रस्ताव गरिएको छ।
यस्तै, खसआर्य महिलातर्फ आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल केन्द्रीय सदस्यको प्रस्तावित सूचीमा परेका छन्।
यसैगरी, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम, टीका बुढाथोकी, गोमा कुँवर, लुम्बिनी गौतम र हरिमाया शर्मा पनि खसआर्य महिलातर्फ केन्द्रीय सदस्यको सूचीमा अटाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।