काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले तीन केन्द्रीय आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चुनेको छ।
आठौं राष्ट्रिय महाधिवेशनको आइतबरको बन्द सत्रले माओवादीको यसअघिको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुलाई अनुमोदन गरेको हो।
यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरुलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्द सत्रले सर्वसम्मतले पारित गरेको छ।
केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा रहेका छन्। तीनवटै आयोग २५ सदस्यीय छ। आयोगका सदस्यहरुलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।