काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रबाट आर्थिक प्रतिवेदन पारित भएको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले पेस गरेको आठौं राष्ट्रिय महाधिवेशनको आय, व्ययको आर्थिक प्रतिवेदनलाई बन्दसत्र हलले पारित गरेको हो।
बन्दसत्रमा केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गर्ने र अनुमोदन हुने बताइएको छ। अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।