काठमाडौं- नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा बन्दसत्र सुरु भएको छ। बेलुका ४ बजेसम्मका लागि स्थगित बन्दसत्र ४:२५ मा सुरु भएको हो।
यसअघि केन्द्रीय समितिमा रहने सदस्यहरु र पदाधिकारीहरुको नाम टुंगो लगाउन नसक्दा स्थायी समिति बैठक लम्बिएको थियो। जसका कारण बन्दसत्र स्थगित गरिएको थियो।
स्थायी समिति बैठकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्दसत्र हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो। बन्दसत्रमा केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गर्ने र अनुमोदन हुने बताइएको छ। अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।