• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘सुप्रिमो’को मनोवाद : मने महाधिवेशनमा लवाइ/खवाइको सवाइ किन?

64x64
मिलन बगाले शुक्रबार, पुस १६, २०७८  २०:१२
1140x725

मने महाधिवेशनमा पाल्नुभएका कम्रेडहरु, तपाईंहरु बडो विचित्रसँग अराजक बन्दै जानुभा’छ। पार्टीको राष्ट्रिय सम्मेलन, विस्तारित बैठक या महाधिवेशन जेसुकै भन्नुस्, अध्यक्षको झाँको झार्ने भेलाजस्तो बनाउने अराजक प्रयासमा निरन्तर गरिरहनु’भा छ। यसले मलाई बडो गम्भीर बनाएको छ। म अलिकति भावुक पनि भएको छु। यो अराजकताको अन्त्य नगरी पार्टी राम्ररी चल्न सक्दैन भन्ने कुरा हामीले बुझ्न ढिला भइसक्यो।

हरेक दुई-चारवर्षमा दुई-चार दिन मलाई आफ्नो लवाइ, खवाइ, बसाइ, उठाइबारे आत्मालोचना गर्नुपर्ने बडो विचित्रको बाध्यता आइलागेको छ। ‘आत्मालोचना गरें लौं, म रुपान्तरित भइदिम्ला’ नभनेसम्म लेखनाथ न्यौपानेहरु चुपै लाग्दैनन्। वैद्य, बाबुराम, विप्लव, गजुरेलहरु पार्टी छोडेर हिँडेपछि त टोकसो सुन्नुपर्ने दिन सकियो कि भन्ठानेको, त्यस्तो कहाँ हुनु? मसँग धेरै जना दच्किए पनि यी लेखनाथजी पटक्कै दच्किने भएनन्। फेरि लेखनाथजीको टोकसो सुरु भएको छ। यी लेखनाथजी आफूलाई लाउनु, खानु, कमाउनु, रमाउनुको सोख छैन भन्दैमा म पनि उनी जस्तै बनिदिनुपर्ने? उनीजस्तै किताबले पुरिएर बसिदिनुपर्ने म? महाधिवेशनस्थलमा आफ्ना बडाबडा फोटो किन टाँसिस् भन्या छ। केपी बा जस्तो किन बन्न खोजिस् भन्या छ। प्रतिवेदनमा ३४ ठाउँमा म किन लेखिस् भन्या छ।

यसरी कम्रेडहरुलाई भड्काएर अध्यक्षप्रति वितृष्णा फैलाएपछि पार्टी कसरी बलियो बन्छ? यी लेखनाथजीले कहिले कुरो बुझ्ने? हुन त यिनले कुरो नबुझेको उहिल्यैदेखि हो। कुरो बुझेको भए त संविधानसभाको सभासद, प्रतिनिधि सभा या राष्ट्रिय सभाको सांसद, मन्त्री अनेकथोक हुँदा हुन् नि। अध्यक्षसँग मिल्न खोजे पो गरिखान सजिलो हुन्छ। कुरै बुझ्दैनन् खै!

कम्रेडहरुको आरोपपत्रको सूची लामै छ। यी हल्लाखोरे मिडिया नपढ्नू, पार्टीकै फेसबुक ग्रुप र अनलाइन अनि पत्रपत्रिका पढ्नू भनेर कति भनियो। कसैले टेर्ने भए पो। मलाई खाली ठेकेदारको घरमा बस्यो भनेका भन्यै छन्। ठेकेदारले नबनाएको ढलान घर कता भेटिन्छ खै नेपालमा? कि कार्यकर्ता आफैं खटेर मलाई घर बनाइदिन पर्‍यो। घर राम्रो, बलियो र काइदाको हुने ग्यारेन्टी पनि त लिइदिन पर्‍यो। कार्यकर्ताले बनाएको घरको भर मान्ने कसरी? पार्टीको अध्यक्ष जस्तो मान्छे जथाभावी जहाँ पायो त्यहीँ बसेर पार्टीको इज्जत कसरी बढ्छ? ओलीसँग मिल्दा भताभुंग भएको पार्टीलाई बलियो बनाउनु त कता कता, लिडरसिपलाई नै हानेर के गर्न खोजेका हुन्? ओली हसाउने काम नगर्नू भनेर कति भनें मैले। ‘कटआउट’ फोटो हाल्यो भनेर बसिननसक्नु बनाए। अनि हटाउन बाध्य बनाए। कति रमाइलो लागेको थियो मलाई। त्यसैत्यसै खिस्रिक्क बनाए।

कार्यकर्ता त ओलीकै राम्रा। 'ओलीबा, आइ लभ यु' भनेका छन्। अघिपछि लागेका छन्। हाम्रा त कस्ता हुन्। लाएको, खाएको मात्र रिस गरिरहन्छन्।

प्रत्येक चार-पाँच वर्षमा एउटा स्पष्टीकरणले चित्त बुझाएर हिँडे त ठिकै छ। पार्टीमै ख्याउख्याउ पारेपछि ओलीले खेदो खन्दैनन् त मलाई? बेइज्जत हुन्न? लाज हुन्न?

म रमाइलो र सोझो मान्छे। अरु नेताजस्तो त्यसैत्यसै मख्ख परेर ठालु भएर बस्दिनँ। तर, मेरै नकारात्मक चर्चा भइदिन्छ। कार्यकर्ता त्यसै लहैलहैमा दौडिन्छन्। छोरी, नातिनातिनीहरुसँग बसेर मैले आगो फुकेर मासु पकाउन नमिल्ने? नचाहिने काम हो त्यो? बिहान ननभेज खान्छु, बेलुका हल्काफुल्का खान्छु भनें। के अत्याचार बोलें मैले? यस्तो कुरालाई पनि उडाउने? बस्ने घरको कम्पाउण्ड कसोकसो फराकिलै छ। ठेकेदारले त्यस्तै बनाए त मेरो के गल्ती? फराकिलो भएकाले साइकल कुदाउन जति पनि ठाउँ छ। नातिनातिनासँग मिलेर खुरुरुरु साइकल कुदाएँ। हेलिकोप्टरै कम्पाउण्डभित्र ल्याएजस्तो गर्छन् ए। न सुकुटेमा आनन्दले बस्न दिन्छन्, न विदेश जाँदा नै कुरो काट्न छोड्छन्। यसो जीप फ्लायरमा दौडेर रमाउन खोजें, त्यहाँ पनि रमाउनै दिएनन्। रामदेवजस्ता सन्यासी त जीपमा रमाए, म चाहिँ रमाउन नहुने? म जीपमा कुदेपछि त्यहाँ पर्यटकको ओइरो लागेको छ। त्यो चाहिँ कसले देख्ने?

नेपाल साह्रै खल्ला नेताहरुको देश हो। रामचन्द्रजी, बाबुरामजी, माधवजी, देउवाजी सबैलाई हेर्नुस् त। यसो घुम्ने, रमाउने, सपिङ जाने, ब्याड्मिन्टन खेल्ने, आफैं आगो फुकेर पकाउने, बेलाबेलामा विदा लिएर बस्ने, घरपरिवारलाई समय दिने भन्ने केही छैन। के-के न काम गरेजस्तो सधैं गम्भीर भएर बस्यो। न घरपरिवारलाई समय दिनु छ। न त यसो कतै घुम्नु छ। न फ्रेस हुन खोज्नु छ। न केही पकाउने कुरामा रस छ। सधैं एकैखाले लुगा लगायो। भलाद्‍मीजस्तो बन्यो। मख्ख पर्‍यो। ठालु बन्यो बस्यो।

Ncell 2
Ncell 2
nimb
nimb

म चाहिँ सोझो मान्छे। सानो-सानो कुरामा रमाउन खोज्छु। अनि त्यसै खेदो खन्छन्। रमाउन त ठूलो-ठूलो हिसाबकिताब, ठेक्कापट्टा र लाभका पदमा इष्टमित्र, नातापाता भर्न पनि रमाउन खोज्छु नि। त्यो त मनमनै पनि भन्न मिलेन। मनमनै यस्तो सोच्यो लौ भनेर अर्को रडाको मच्चाउन बेर छैन। कम्ता हैरान छ मलाई! क्रमभंग गर्न सिपालु छु। राष्ट्रिय सम्मेलन भनेर महाधिवेशन गराइदिएँ। बन्दसत्र भन्दाभन्दै कुन दिन पार्टी नै भंग गराएर हिँडिदिन्छु अनि थाहा पाउलान्। 

पार्टीको महाधिवेशन भन्या विचार निर्माणको थलो। मने कुरो कस्तो नबुझ्नु’भा मिडियाका साथीहरु? मलाई बारम्बार अध्यक्ष छान्ने विचारलाई अझ बलियो र संस्थागत बनाउने थलो। प्रचण्डपथको गुणगान गाउने थलो। मलाई सजिलो-सजिलो पार्ने नेतालाई उपाध्यक्ष, महासचिव, स्थायी समिति सदस्य, पोलिटब्यूरो र केन्द्रीय सदस्य छान्ने थलो। हिजोआज त मेरै कुभलो गाउने थलो पो बन्न थाल्या छ महाधिवेशन। मलाई आत्मालोचित बनाउने थलो पो बनाउन थाल्या छन्। प्रत्येक चार-पाँच वर्षमा एउटा स्पष्टीकरणले चित्त बुझाएर हिँडे त ठिकै छ। पार्टीमै ख्याउख्याउ पारेपछि ओलीले खेदो खन्दैनन् त मलाई? बेइज्जत हुन्न? लाज हुन्न? यसरी गरेपछि प्रचण्ड व्यक्तिमात्र कमजोर हुन्छ कि सिंगो लिडरसिप नै कमजोर हुन्छ? यसो गरेपछि मने कम्युनिस्ट आन्दोलनलाई गम्भीर धक्का पुग्दैन? मुक्तिकामी शोषित, पीडित, उत्पीडित नेपाली जनताको समृद्धिको सपनामा धक्का पुग्दैन? कसरी सम्झाउने खै? कसरी प्रशिक्षित गर्ने खै? 

यतिबेला ओरालो लागेको मृगजस्तो भएको छु। त्यसैले ज्ञानी बन्नैपर्ने छ। यस्तै तालले त अर्कोपटक कोही भीम रावलजस्तो उरन्ठेउलो मान्छे म पनि अध्यक्षको उम्मेदवार भनिदियो भने के गर्नु मैले?

म भन्दा बलिया त दलाल, पुँजीपतिका मिडिया पो भए। दलाल, पुँजीपतिका मिडियाबाट दीक्षित भएका कार्यकर्ता तह लगाउन साह्रै गाह्रो हुने रहेछ। सीधासीधा खराखरा प्रतिवेदन सुनाउँछन्। गम्भीर विचलन आयो भनेर कसरी भन्न सकेका? आफैं विचलित भएर हिँडेका छन्। अनि अध्यक्षमाथि विचलनको आरोप लगाउँछन्। यिनीहरुलाई तह लगाउन मैले जान्या छु। समानुपातिकको सूची बनाउने दिन, टिकट बाँड्ने दिन मैले एक-एक हिसाब गर्नेछु। मुखले ‘ठीक छ कम्रेडहरु, आत्मालोचना गरेरै अघि बढ्छु’ भनेर मुखबुझो लगाइदिन्छु। हिसाब पछि गर्छु। कम्युनिस्ट आन्दोलन कमजोर पार्न कहाँ पाइन्छ? 

Xtrem

Xtrem

मने हाम्रा कम्रेडहरु साह्रै कुवाका भ्यागुताजस्ता भए। यसो अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नु नि गाँठे। कमरेड किम मोटोघाटो र खाइलाग्दो हुनुहुन्छ। उहाँको लवाइ, खवाइ, मोटरगाडी, हाउभाउ, फूर्तिफार्ति कस्तो छ? उहाँलाई देख्नासाथ उठेर ताली पड्काएकौ पड्कायै गर्छन्। त्यसैत्यसै भक्कानिन्छन् कम्रेडहरु उहाँलाई देखेर। हाम्रा साथीहरु के भएका? कम्रेड सी चिनफिङको फूर्तिफार्ति कस्तो छ? कम्रेड पुटिनको पनि उस्तै छ। उहाँहरुका कम्रेडहरुले लवाइ, खवाइ, घर, मोटर केहीको कसैले रिस गरेको सुनेको छैन। लिडरसिपलाई सडकमै ल्याएर झारेपछि पार्टीको रापताप सकिएन? त्यसो गरे ओलीले गन्छन्? बाबुरामजीले गन्छन्? कमल थापाजीले गन्छन्? पार्टी चाउरिएर मरिचजत्रो भइसक्यो। साथीहरु अध्यक्षलाई गिज्याएको भरमा नेता बनिन्छ भन्ठान्दा रहेछन्। आफैंलाई लाज लागेर मात्र हो, मने नत्र फेरि प्रचण्डपथ ब्युँत्याएर यिनीहरुलाई तह लगाउने थिएँ।

यतिबेला ओरालो लागेको मृगजस्तो भएको छु। त्यसैले ज्ञानी बन्नैपर्ने छ। यस्तै तालले त अर्कोपटक कोही भीम रावलजस्तो उरन्ठेउलो मान्छे म पनि अध्यक्षको उम्मेदवार भनिदियो भने के गर्नु मैले? कसैले मेरा विरुद्धमा उठ्छु मात्र भन्यो भने पनि त्यो पनि मेरा लागि हारैसरह हो भनेर भन्नुस् अहिलेलाई।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्