काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्ने निवास विवादित भएको भन्दै पार्टीले नै बनाउनुपर्ने सुझाव आएको छ।
माओवादीको आठौं महाधिवेशनको पाँचौं दिन प्रतिनिधिहरुले सुझाव दिनेक्रममा प्रचण्डको निवासलाई लिएर विरोधीहरुले आलोचना गरेकाले पार्टीले नै निवास बनाइदिनुपर्ने बताएका हुन्।
‘अध्यक्ष कमरेड प्रचण्डको निवासलाई लिएर विरोधीहरुले निक्कै आलोचना गरे। अब पार्टी सदस्य र शुभेच्छुकले पैसा उठाएर निवास बनाइदिनुपर्छ’ बन्दसत्रमा सहभागी एक प्रतिनिधिले भने, ‘यसरी पार्टीले बनाएको निवासमा पार्टीको अधयक्ष जो हुन्छ उहीँ बस्नेगरी व्यवस्था गरौं।’
प्रचण्ड आफैंले अफ्नो निवासलाई लिएर विवाद भएको भन्दै डेरा सर्ने सार्वजनिक अभिव्यक्ति समेत दिएका छन्। हाल खुमलटारनिवास ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेको भन्दै प्रचण्डको आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।