• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक १४, २०८२ Fri, Oct 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

लेखनाथ न्यौपानेको फरक मत- प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या छ

64x64
नेपाल लाइभ बिहीबार, पुस १५, २०७८  १५:०७
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन्। उनले फरक मत राख्दै मुख्य समस्या अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको बताएका छन्। 

उनले भनेका छन्, 'मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ। तपाईंका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र।'

उनले तत्कालीन नेकपाकालमा केपी ओलीलाई लेखेको पत्रको उदाहरण दिँदै प्रचण्डको  पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको उल्लेख गरेका छन्।  उनको मत छ, 'हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ। तपाई आफै स-शरीर उपस्थित भएको ठाँउमा तपाईंका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो?'

यस्तो छ न्यौपानेले पेस गरेको फरक मत

फरक मत
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (पुष ११–१५, ०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि निम्न विषयमा म लेखनाथ न्यौपाने फरक मत राख्दछु। 

१. महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन। विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन।कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भएपनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नुपर्‍यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नु पर्यो। नत्रयो प्रतिवेदनलेमहाधिवेशनको गरिमा र ओज बोक्दैन। 

२. यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन। जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुवीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ। त्यसैगरी तीब्र रुपमा भइरहेको आन्तरिक बसाई सराई र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीहरुको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाहरुको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरिबीको रेखामुनी (२३ प्रतिशत) र गरिबीको रेखामुनी (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमिनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’लाई सही  सिद्ध गर्न सकिन्छ।

३. यो प्रतिवेदनले वाम बाटो समातेको छैन। दक्षिणपन्थी संशोधनवादीदिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ?पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ। उहिल्यै १९५६ मा वदनाम भएको ख्रुश्चोवी लाइन अनुसार जनवादी कान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो। तत्काल वा कार्यनीतिक रुपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अबलम्बन गर्ने हदसम्म ठिक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञाजिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउँछ। दोस्रो, माक्र्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा ‘प्रयोग र परिमार्जन’ भनिनु  माक्र्सवाद विस्तारै छोड्दै जाने दक्षिणपन्थ हो। तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौं र जे गछौं त्यो भन्न सक्दैनौं। यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो। ०४८ मंसिरमा सम्पन्न नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको नेपाली कम्युनिस्ट आन्दोलनका आधारभूत समस्याहरु उपशीर्षकको

Ncell 2
Ncell 2

४ नं. बुँदाहेर्दा प्रमाणित हुन्छ। त्यहाँ भनिएको छ “भनाइ र गराइमा एकरुपताको अभाव तथा सिङ्गो कम्युनिस्ट आन्दोलनकै साँस्कृतिक र नैतिक मूल्यमान्यताको नितान्त दयनीय अवस्थाको रोगका कारणले हामी ग्रसित छौं। हामीले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि यदि त्यो हाम्रो दैनिक व्यवहार र आचरणसँग गाँसिएको छैन भने त्यो सिर्फ लफ्फाजी मात्र हुन जान्छ। नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि काम गरेर पनि नेतृत्वमा कम्युनिस्ट नैतिकता र आचरणको चिन्ताजनक हदसम्म अभाव पाइन्छ। सामान्यतः कार्यकर्ता र जनतामा नयाँ संस्कृति, नैतिक मूल्यमान्यता नेतृत्वबाट नै प्रसारित हुने कुरा हो। तर हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र वुर्जवाहरुको भन्दा खासै फरक पाइँदैन। अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ‘बुर्जुवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ।

बोलीको ठेगाना नहुने, निम्न स्तरको झुटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुबिधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखापर्ने गरेका छन्। जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाँट कुरा र ‘दिन काट्ने र काल पर्खने’ काम सिवाय केही हुँदैन।

गतकालमा पार्टीमा अनावश्यक टुटफुट पार्ने, गुटबन्दी र षड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बुर्जुवा चिन्तनपद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेका छन्। पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताकासाथ लिएर समाधानका उपायहरुको खोजी गर्ने पर्दछ। अन्यथा ‘घुमिफिरी रुम्जाटार भनेझैं’ हामी पनि संशोधनवादकै खाडलमा जाकिने कुरामा शंका रहन्न।” 
पार्टी सानो हुँदा, सत्तामा नहुदा एवं स्रोत र साधनमा कमजोर हुँदाका समस्या त त्यति डरलाग्दा थिए भने आज ति तिनै चीजमा डुबेको बेला समास्या हजार गुणा नकार रुपमा बढेका छन्। जिम्मा क–कसले लिने हो?

४. बनिबनाउ वुर्जुवा राज्यसत्ता अन्तर्गत हामी सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक होइन बरु माक्र्सवाद विरोधी हो। पहिलो, हाम्रै अनुभव छ कि जनयुद्धबाट आएर पहिलो चुनावमै त्यत्रो तागतसहित हाम्रै नेतृत्वमा सरकार बन्दा समेत जाबो एउटा सेनापति र पशुपतिको भट्ट फेर्न सकेनौं।

दोस्रो, चुनावबाट अएको भेनेजुयलाका चावेज जो कम्युनिस्ट होइनन् वामपन्थी मात्र थिए उनले १९९८ मा निर्वाचित भएपछि पहिलो घोषणामा २२ हजार अमेरिकी सेनालाई २४ घण्टाभित्र भेनेजुयला छाड्ने आदेश दिए र अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्यको घोषणा गरे। अन्मुनियम र तेलमा भएको वैैदेशिक लगानीको अन्त्यको घोषणा गर्दैै राष्ट्रियकरण गरे र भूमिसुधार लागुगरेर जमिन्दारहरुको जमिन किसानहरुलाई वितरण गरे तर सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनाप्रति हाम्रो लसपस र अस्वीकार्यको स्पष्ट धरणा नआउनु साथै माओवादी कम्युनिस्टहरुको नेतृत्वमा बनेका सरकारहरुले एक पटक पनि औपचारिक रुपमा कुख्यात सुगौली सन्धीलगायत अन्य असमान सन्धीबारे चुसम्म नबोल्नुजनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने सन्दर्भसँग बाँझिन्छ।

आगामी दिनमा सरकारमा गएर जनवादी क्रान्तिका बाँकी कार्यभार र समाजवादी आन्दोलनको नेतृत्व गर्ने सैद्धान्तिक र व्यवहारिक धरातल हाम्रो आजको राजनीति लाइनले सुरक्षित गर्दैन। 

५. ०६३ पछि हम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय सबै सरकारमा हामी सहभागी छौं। एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुको न पारदर्शिता र कार्यसम्पादनहितको मूल्याङ्कन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनै काम नै भयो? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन्। तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ? यसको निर्मम समिक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउँछ।

जसरी सन् १९५९ को क्युवाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिस्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिस्ट भन्ने शब्द नै घृणाको प्रयाय बनेको थियो। त्यसकारण त्यहाँ कम्युनिस्टको नाममा क्रान्ति गरिएन। बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आफू कम्युनिस्ट भएको सार्वजनिक गरे। हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ। यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिकमात्र होइन, बदनामीको माध्यम हुनेछ। 

६. हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन हो। हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ। हाम्रो जीवनशैली र परिवार एवं) नातागोताको फूर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन।

सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरुको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ। त्यसकारण हाम्रा नेताहरु, जनप्रतिनिधिहरु र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानविन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं। आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरुलाई पार्टीबाट कारवाही गर्ने आँट गरौं। अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ। 

७. एकातिर हामीले दलाल पँुजीवाद विरुद्ध लड्ने कुरा गरेका छौं भने अर्कोतिर दलाल पूँजीवादको घोडा चडेर दौडिरहेको उदार पुँजीवादी शक्तिसँग रणनीतिक मोर्चा बनाएर अघि बढ्ने प्रगोग र घोषणामा छौं। यसलाई सैद्धान्तिक र व्यवहारिक रुपमा सच्याएनौं भने हामी पनि दलाल पँुजीवादको घोडसवार बन्नुको बिकल्प छैन।

सायद यही कारण प्रतिवेदनले हाम्रो समाजको वर्ग विश्लेषण गर्न चाहेन र कुन कुन राजनीतिक शक्तिले कुन वर्गको हितमा काम गरिरहेको भनेर विषय प्रवेश गर्न आवश्यक ठानेन। जुन वर्गसँग लडेर जित्नु छ, त्यही वर्गलाई मित्रशक्ति बनाउने व्यवहारले हाम्रो कार्यनीति, कार्यनीतिले रणनीतिलाई पुयाउने योगदान र वैज्ञानिक समाजवादको आधार निर्माणको पहल अघि होइन पछाडि फर्कन्छ साथैयसले वर्ग संघर्षलाई अस्वीकार गर्दछ।

जब वर्ग विश्लेषण र वर्ग संघर्षमा हामी मौन वा निष्कृय हुन्छौं तब पार्टीमा अन्तरसंघर्ष विहीन मान्छेहरुको झुण्ड मात्र बाँक रहन्छ। अन्तरसंघर्ष विहीन पार्टी मृत् पार्टी हुन्छ, जुन माओवादी हुनै सक्दैन। 

८. दलाल पुँजीवादविरुद्ध लड्ने पार्टीले सबभन्दा पहिला त्यो प्रवृत्तिबाट मुक्त संगठन, नेता–कार्यकर्ता निर्माण गर्नैपर्छ। पसिना बगााएर वा उत्पादनसँग जोडिएका श्रमशील नेता–कार्यकर्ता समाजवादका खास आधार हुन्।

श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता–कार्यकर्ताको सघनता जब पार्टीमा देखापर्दछ तब त्यहाँ दलाल पुँजीले हैकम चलाउँछ। विना पसिना, उत्पादनसँगको विना सहकार्य दैनिक लाखौं गरिने हाम्रा नेता–कार्यकताहरुको खर्चको स्रोत के हो? हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो।

यसकारण दलाल पँजीसँगको हाम्रो हितैषी सम्बन्धलाई व्यवहारिक अन्त्यको घोषणा, उद्योग/व्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र विचौलीया धन्दाबाट सम्पत्तिवाल बनेको वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी माक्र्सवादी बन्न सक्छौं। आधारभूत वर्ग धरातलमा हाम्रो आन्दोलनले खुट्टा टेक्छ। यसरी मात्र दलाल पँजीवादका विरुद्ध लड्ने कार्यनीति कार्यान्वयन गर्ने ठाउँमा उभिने नैतिकता राख्दछौं।

९. एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही छैन। एमालेसँगको चुनावी तामलमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसदवादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओली जस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो।

त्यस्तो पँजीवादी पार्टीसँग एकता गरेर समाजवादको तयारी भन्ने आँट आजसम्म बिना संकोच गरिरहेका छौं? यो दक्षिणपन्थ होइन? अदालतले दुई पार्टीलाई अलग बनाएपछि ओली त जान्थे गए तर ओलीलाई हामीले कारवाही गरेपछि बनाइएका अध्यक्षसहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ? त्यसकारण त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन,यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ। 

१०. हामी सबै मुख्यतःः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ। तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र। यसको एउटा उदाहरण तपाईले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र।

हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ। तपाई आफै श- शरीर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बिर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला?
१४ पुस, ०७८

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : यूएईसँग पनि नेपाल हार्‍यो
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश
बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
विश्वकप लिग २ : यूएईसँग पनि नेपाल हार्‍यो बिहीबार, कात्तिक १३, २०८२
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश बिहीबार, कात्तिक १३, २०८२
बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक बिहीबार, कात्तिक १३, २०८२
यूएईलाई २३४ रनको चुनौतीपूर्ण लक्ष्य, एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने रोहित पहिलो नेपाली खेलाडी बिहीबार, कात्तिक १३, २०८२
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू बुधबार, कात्तिक १२, २०८२
फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्