काठमाडौं– नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशन एक दिन थप लम्बिने भएको छ। बिहीबार समूहगत छलफल हुने भएकाले महाधिवेशन पुस १६ गते सकिने भएको हो।
बिहीबार समूहगत छलफलको रिपोर्टिङ प्रस्तुत हुने स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले जानकारी दिए।
‘पर्सी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले त्यसको जवाफ दिनु हुनेछ। यस्तै, समुदायगत कलस्टरको प्रतिनिधित्व गर्नेगरी २९९ केन्द्रीय समिति बनाइने छ। त्यसपछि अध्यक्षसहित पदाधिकारी चयन गरेर महाधिवेशन सकिने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।