काठमाडौं- नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा बुधबार प्रदेश १ सहित ११ समूहले ब्रिफिङ गरेका छन्। प्रदेश १ को तर्फबाट हर्कबहादुर नेम्वाङले ब्रिफिङ गरेका थिए।
नेम्वाङले गरेको ब्रिफिङमा नेकपा (एमाले) प्रवेश गरेका रामबहादुर थापा 'बादल'को गद्दारीलाई संस्थागत गर्नुपर्ने माग छ। बादल तत्काली नेकपाको विभाजनपछि एमाले प्रवेश गरेका थिए। उनी अहिले एमालेको उपाध्यक्ष भएका छन्।
प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफैंलाई बदल्ने संकल्प गरेको विषयलाई यो समूहको तर्फबाट सकारात्मक कुरा भएको निष्कर्ष निकालिएको छ। तर, कार्यकर्ताको मूल्याकंन गर्ने प्रक्रिया विधिसम्मत नभएको यो समूहको भनाइ छ।
संविधान निर्माणमा बेलामा पार्टीको तर्फबाट राखिएको फरक मत सार्वजनिक गर्नुपर्ने माग यो समूहले राखेको छ। संविधान निर्माणका बेला माओवादीका सभासद्हरुले संविधान मस्यौदा समितिमा पार्टीको तर्फबाट फरक मत राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।