काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशनको चौंथो दिन बुधबार विभिन्न समूहका तर्फबाट रिपोर्ट प्रस्तुत गर्न सुरु गरिएको छ।
काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा केहीबेरअघि सुरु भएको बन्दसत्रमा प्रतिनिधिबाट आएका सुझाव समूह नेताले प्रस्तुत गर्न सुरु गरेका छन्। माओवादीले २५ वटा समूह बनाएर छलफल गरेको थियो।
समूह नेताको तर्फबाट गोम्बु शेर्पा, पदम राई, इन्द्रबहादुर थिङ, अम्बादत्त भाट, महेश दत्त जोशी, विष्णुहरि ढकाल, सरल सहयात्री पौडेल, गोपाल शर्मा, विमला केसी, गायत्री गुरुङ र देवेन्द्र पराजुलीले धारणा राख्ने भएका छन्।
समूहका नेतालाई सुझाव प्रस्तुत गर्न १५ मिनेटको समय निर्धारण गरिएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनीहरुको सुझाव सुनेर जवाफ दिने छन्। आज सबै समूहको प्रतिवेदन प्रस्तुतीमै समय जाने भएकाले बिहीबार मात्रै प्रचण्डले जवाफ दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।