काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण आज बिहानदेखि देशभर वर्षा र हिमपात भइरहेको छ।
काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यका वरिपरिका अग्ला पहाडमा हिमपात पनि भएको छ।
रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि, फुलचाेकी, शिवपुरीलगायत डाँडामा हिमपात सुरु भएको हो। चिसो मौसममा प्रायः हिमपात हुने उपत्यका आसपासका डाडाँमा यो वर्ष पहिलोपटक हिउँ परेको हो।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १० दशमलव ७ मिलिलिटर वर्षा भएको छ। वर्षा र चिसो बढेसँगै जनजीवन कष्टकर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।