काठमाडौं- पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा ‘मिसेस वर्ल्ड नेपाल’को ग्राण्ड फिनाले आयोजना हुँदै छ। यो वर्षबाट नेपालबाट विजेता हुने सुन्दरीले ‘मिसेस वर्ल्ड’मा सहभागिता जनाउने छन्।
‘मिसेस् इन्टरनेसनल नेपाल’सँगै एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन्।
मिसेस नेपाल वर्ल्ड २०२१ को ग्राण्ड फिनाले सहभागी जनकपुरकी माधुरी कर्ण आफूले मधेसको प्रतिनिधित्व गर्ने बताउँछिन्। समग्र मधेसी महिलाको प्रतिनिधित्व गरेर आवाज बन्ने सोचसहित उनी ‘मिसेस नेपाल’को प्रतियोगीको रूपमा सहभागी भएको बताउँछिन्।
‘महिलामाथि विभेद् हुने गरेको छ,’ माधुरी भन्छिन्, ‘अझ हाम्रो समुदायमा त अवस्था झन् दयनीय छ। यही विषयमा म महिलाको आवाज बन्ने सपना बोकेर सहभागी भएकी छु।'
भारतको बेंगलोरबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेर नेपाल फर्किएकी उनी व्यवसाय विकास व्यवस्थापक पेसामा सक्रिय छिन्। परिवारको साथकै कारण उनी सौन्दर्य प्रतियोगितामा सहभागी भएको बताउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।