• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

किन छैन माओवादीमा ‘रापताप’? के भन्छन् महाधिवेशन प्रतिनिधि? [भिडियोसहित]

64x64
नेपाल लाइभ मंगलबार, पुस १३, २०७८  १५:३३
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ। राष्ट्रिय सम्मेलन गर्ने भनेर सुरु भएको तयारी एकाएक महाधिवेशनमा रुपान्तरण हुँदै अहिले तेस्रो दिनको छलफल चलिरहेको छ।  

महाधिवेशनमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको छ। अध्यक्ष प्रचण्डको प्रतिवेदनमा छलफल गर्न २५ समूह बनाइएको छ। आज दिनभर प्रतिनिधिहरुले समूहगत छलफल गरेर प्रतिवेदनमा सुझाव दिएपछि त्यसलाई समेटेर अन्तिम रुप दिइने छ। 

माओवादीले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने छ। यसरी चयन हुने नेतृत्वमा अध्यक्षमा पुष्पकमल  दाहाल ‘प्रचण्ड’ नै आउने निश्चित देखिन्छ। 

अन्य पार्टीमा नयाँ पुस्ताको नेतृत्वबारे बहस भए पनि माओवादीमा भने प्रचण्ड निर्विकल्प देखिएका हुन्। महाधिवेशन प्रतिनिधिहरुले पनि अहिले पार्टीको आवश्यकता प्रचण्ड नै भएको बताइरहेका छन्।

'जनयुद्ध'पछि शान्ति प्रक्रियामा आउँदाको जस्तो आकर्षण र रापताप माओवादीमा नभएको स्वयं प्रचण्डले पनि स्वीकार गरेका छन्। आफ्नो प्रतिवेदनमा प्रचण्डले पार्टीका कमजोरीबारे पनि उल्लेख गरेका छन्। 

शान्ति प्रकृयामा आएपछिको १५ वर्षमा ११ वर्ष सरकारमा गए पनि माओवादीले जनतामा आफूहरुले त्यसअघि गरेको वाचा अनुसारको काम गर्न नसकेको भनेर सबभन्दा धेरै आलोचना माओवादीभित्रै भइरहेको छ। प्रचण्ड र माओवादीलाई साथ छाडेकाहरुले संसदीय दलदलमा माओवादी भासिएको र सत्ताको खेलमा लागेको आरोप लगाइरहेका छन्। 

नेकपा एमालेसँगको एकिकरण र विभाजनपछि भएको माओवादीको महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले अब माओवादी पहिलाको जस्तै 'रापतापयुक्त' हुनुपर्ने बताइरहेका छन्। 

प्रतिनिधिहरु माओवादी अब सच्चिएर जानुपर्ने बताउँदै माओवादीबाट छुट्टिएका र अन्य वामपन्थी पार्टीहरुलाई मिलाएर शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने सम्भावना अझै रहेकाले त्यसको नेतृत्व माओवादीले गर्नुपर्ने बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी पार्टीको महाधिवेशन, प्रतिनिधिको अपेक्षा, आगामी दिनमा पार्टीको भूमिका लगायतका विषयमा नेपाल लाइभकर्मी पुष्पा केसीले महाधिवेशनस्थल प्रज्ञा भवन पुगेर माओवादी केन्द्रका प्रतिनिधिहरुसँग कुराकानी गरेकी छन्। महाधिवेशन प्रतिनिधिहरुको भनाई जस्ताको तस्तैः

धावा लामा, रामेछाप 
हामीले पार्टीलाई २०६४ मै फर्काउनका लागि शुद्धीकरण गर्नुपर्छ। संगठनदेखि विचारसम्म परिमार्जन हुनुपर्छ। समयसापेक्ष निर्णय गरेर जानुपर्छ। पार्टीको कार्यदिशा प्रष्ट पारेर जानुपर्छ। जाने समाजवादमा नै हो, त्यसको प्रष्ट बाटो बनाउनुपर्छ।

अहिले हामीले नेतृत्वमा अरुलाई विकल्पमा देखेका छैनौं। जनयुद्धदेखि बाँकी कार्यभार पूरा गर्ने प्रचण्ड नै हो। उहाँपछिका नेताहरु तयार भइरहनु भएको छ। त्यसपछि युवाहरु अघि बढ्ने छन्। प्रचण्डको विकल्प नभएको भन्ने कुरा चाहिँ सत्य होइन। त्यो समय र परिस्थिति अनुसार हो। माओवादीमा युवा नेताहरु एकसेएक छन्। दुई सयजना भन्दा धेरैको केन्द्रीय समिति बन्दैछ।

यहाँ धेरै नेताहरु हुनेछन्। ती सवै नेतृत्वको दाबी गर्ने खालका छन्। २०६३ सालतिर पार्टीमा आर्कषण थियो। त्यो समय भर्खर जनयुद्धबाट आएको समय थियो। त्यो आर्कषणमा फिरन्तेहरु पनि थिए। ती मानिसहरु कहिले कांग्रेस, एमाले र राप्रपा भइरहेका छन्। यो भइरहन्छ। यो महाधिवेशनबाट जनताको मन छुने कार्यक्रम लिएर आएपछि फेरि माओवादी केन्द्रमा जनता गोलबन्द हुन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भुपाल पोखरेल, गुल्मी 
अहिले हामी आठौं महाधिवेशनमा जुटिरहेका छौं। अध्यक्ष प्रचण्डले पनि आत्मसमीक्षा सहितको प्रतिवेदन पेस गर्नु भएको छ। पार्टीलाई सबल बनाउने गरि प्रतिवेदन आएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा फेरि पनि माओवादीमा त्यही आर्कषण कायम राख्न सकिन्छ। म यसलाई आर्कषण घटेको त भन्दिन, तर माओवादी आन्दोलन विभिन्न समूहमा विभाजन भए त्यसले असर पारेको हो।

शान्तिवार्तामा आएपछि दुईवटा कुरा अघि सार्दा अन्योल भएर केही असहज भएको हो। अध्यक्ष प्रचण्डको प्रतिवेदनमा पनि यो कुरा आएको छ। मूल कुरा स्पष्ट कार्यदिशा नभएका कारण समस्या भएको हो। 

अब आठौं महाधिवेशनबाट समाजवादी आन्दोलन गर्ने पार्टी माओवादी बन्ने छ। बाहिर रहेका साना वामपन्थी पार्टीहरुलाई पनि साथमा लिएर माओवादी केन्द्र अघि बढ्ने छ।  नेतृत्व पुस्तान्तरणको कुरा गर्दा अरु पार्टी र हामीबीचमा फरक छ। हाम्रो इतिहास पनि फरक छ।

क्रान्तिको जिम्मेवारी अझै पूरा नभएकाले मुख्य नेतृत्व यही चाहिन्छ भन्ने छ। हाम्रो विधानले सवै क्षेत्रलाई समेटेर केन्द्रीय सदस्य बनाउने भनेको छ। यहीबाट नेतृत्व विकास हुन्छ र आन्दोलन गर्न सक्षम नेतृत्व तयार हुन्छ। नयाँ नेतृत्व भरोसायोग्य नदेखिएको भन्दा पनि नयाँ नेतृत्व तयार हुँदै छ। नेतृत्व भन्ने कुरा रातारात तयार हुने होइन। अहिले पनि २० प्रतिशत ४० वर्ष भन्दा कम उमेरका पार्टीमा आउँदैछन्। प्रदेशहरुमा युवा नेतृत्व आएको छ। अब समृद्धिको लडाई भएकाले यसको नेतृत्व प्रचण्डले नै गर्नुपर्छ। 

लिला शर्मा ‘अस्मिता’, लुम्विनी प्रदेश 
सवैभन्दा युवा पुस्ता नेतृत्वमा भएको पार्टी माओवादी हो। कांग्रेस र एमालेका अध्यक्षहरु विगतमा हामीले देखेकै हो। युवाहरु नै यहाँको नेतृत्वमा रहेका छन्। युवाहरुले नै जनयुद्ध  लडेका थिए र अहिले पनि उनीहरुकै नेतृत्व रहेको छ।

माओवादीमा अध्यक्षको विकल्प तयार भएको छैन भन्ने देखिएको छ। नेतृत्व भनेर मात्र हुँदैन। विचार र राजनीतिक रुपमा नेतृत्व आउनुपर्ने हुन्छ। धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा प्राप्त उपलव्धी रक्षा गर्न अहिलेकै नेतृत्व सबल र सक्षम छ।

माओवादी केन्द्रिकृत भएर आफ्नो मुद्दा स्थापित गरेको पार्टी हो। प्रचण्डको विकल्प नदेखिएकाले नै फरक दस्तावेज नआएको देखिएको छ। सिङ्गो राज्यसत्ता नै हल्लाउने गरि सशस्त्र युद्ध गरेको माओवादी अहिले कमजोर भएको भन्ने कुरा सत्य होइन। 

अहिले माओवादीको रापताप सकिएको भन्न मिल्दैन। त्यसलाई कसले कसरी हेर्छ भन्ने कुराले फरक पार्छ। निर्वाचन भन्ने कुरा एकपटक एउटा पार्टीको पक्षमा र अर्कोपटक अर्कोमा जाने देखिएको छ। 

एक पटक त हामीले पनि झण्डै बहुमत सिट ल्याएको हो नि। तर, जनताले माओवादीले संविधान जारी गर्न सकेन कि भनेर शंका गरेर अन्त मत दिए।

हाम्री बिग्रेको, स्खलन भएको होइन। विचार र व्यवहार बराबर हुँदैन। यसमा विज्ञानले पनि मिलाउन सक्दैन। हामी गरिब मुलुकमा यस्तो समाजवादको परिकल्पना गर्दा कहिलेकाहीँ ठेस लाग्छ। हामी ठिकै ठाउँमा छौं। 

दुर्गाकुमार विश्वकर्मा, कास्की 
अहिलेको आवश्यकता नै प्रचण्ड हो। माओवादीको नेतृत्वका लागि उहाँ सवै हिसाबले सक्षम हो। 

सर्वसम्वत रुपमा नै उहाँलाई जिम्मेवारी दिनुपर्छ। युवापुस्ता आइरहेका छन्। तर, पनि अहिलेको आवश्यकता प्रचण्ड नै हो। माओवादीमा नेतृत्व तयार नै नभएको होइन। हामीबीचमा समय-समयमा फुट आयो जसका कारण हामी कमजोर भयौं। अहिलेको आवश्यकता भनेको वामपन्थी पार्टीहरुका बीचको एकता हो।

यसपछि नयाँ नेतृत्वलाई नेतृत्व हस्तान्तरण गरिनुपर्छ। यदि यो होइन भने फरक नेतृत्वका लागि पनि हामी तयार हुनुपर्छ। माओवादी केन्द्र शिथिल भयो कि भन्ने आशंका छ, तर यो सत्य होइन। हिजो युद्धदेखि राजालाई बहिर्गमन गराएर गणतन्त्र ल्याउने अजेण्डा माओवादी केन्द्रको हो। यो आठौं महाधिवेशनमा नयाँ नेतृत्व र नयाँ अनुहार आउने छ। यसले झन् सक्रिय भएर लाग्ने उर्जा दिने छ।

२०६४ सालमा हामी निर्वाचनबाट सवैभन्दा ठूलो पार्टी भएको हो। हामीले जनतालाई घात गरेर गएका छैनौं। हिजो हामी सदनमा थियौं। अहिले सडक र सदन दुवैमा छौं। हामीले जनताले गरेको अपेक्षा पूरा गर्न सकेनौं तर, निराश नै हुनुपर्ने काम गरेका छैनौं। हामी माओवादीलाई सक्रिय रुपमा अघि बढाउने प्रयास जारी राखेका छौं। यो आठौं महाधिवेशनपछि यसमा झन् शक्तिशाली भएर अघि बढ्ने छौं। 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्