• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

‘सुप्रिमो’को ह्याङओभरबीच प्रचण्डमा पलाएको फेरिने चाहना 

64x64
डिबी खड्का आइतबार, पुस ११, २०७८  २२:०९
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३४ वर्षदेखि अनवरत पार्टी नेतृत्वमा छन्। उनी पार्टीको नेतृत्व मात्रै होइन, ‘सुप्रिमो’ हुन्। एकपदीय प्रणालीलाई आत्मसात गरेको माओवादीमा प्रचण्‍डलाई प्रतिस्थापन गर्ने हिम्मत जुटाउन धेरै माओवादी नेताले सकेनन्। जसले प्रयास गरे, ती आफैं पार्टीबाट विस्थापित भए। 

माओवादीले आइतबारदेखि काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ। राष्ट्रिय सम्मेलनको ब्यानरले प्रज्ञा भवन झकिझकाउ पारेपछि एक्कासी 'महाधिवेशन गर्ने' माओवादी नेतृत्व चाहना आफैंमा वेचैनीको प्रतिकजस्तो देखिन्छ। त्यो वेचैनी मुख्यतः माओवादीलाई यहाँसम्म ल्याइपुर्‍याउने प्रचण्डमा बढी रहेको प्रतीत हुन्छ। 

आइतबारको उद्घाटन सत्रमा प्रचण्‍ड नियमित जस्तो एउटै लयमा देखिएनन्। त्यसको एउटा कारण हो, उनी आफैंले 'कमजोर माओवादी' महशुस गरेका छन्। पार्टी कमजोर हुनुमा मुख्य नेतृत्वका दृष्टिले आफ्नो दोष अरुभन्दा बढी रहेको आत्मस्वीकृति उनमा छ। त्यसैले उनले  उद्घाटन सत्रमै उल्लेख गरे- 'माओवादी पार्टी कमजोर जस्तो देखिनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन। म आफैंले त्यसको जिम्मेवारी लिनुपर्छ।'

यसरी कहीँ आफू पुरानो प्रचण्डबाट नयाँमा परिणत हुन चाहेको संकेत उनले गरे। सँगै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन समारोहमा भनेजस्तै ‘प्रचण्डबाहेक माओवादीमा अन्य नेता नदेखेको’ ह्याङओभर पनि पोखिइरह्यो। 

फेरिने चाहना
१० वर्षे युद्धको जगमा जगमगाउँदै शान्ति प्रक्रियामा आइपुगेको माओवादी उस्तै छैन। माओवादी जहाँ पुगेको छ, यही बाटोबाट धेरै पर नपुग्ने ‘रियलाइजेसन’ प्रचण्डलाई पनि भइसकेको छ। त्यसैले उनले भने, 'महाधिवेशनमा गर्ने एउटा चाहिँ आत्मआलोचना नै हो। हामी शान्तिप्रक्रियामा आएपछि कहाँ-कहाँ चुक्यौं? विचारका कुरामा, संगठनका कुरामा, संरचनाको क्षेत्रमा र रणनीति कार्यान्वयनमा कहाँ चुक्यौं? भन्नेबारे समिक्षा गरिएको छ। सवभन्दा धेरै आत्मसमिक्षा मेरै गरेको छु। प्रतिवेदन पारित भएपछि देख्नुहुनेछ।'

कुनै समय 'प्रचण्डपथ'बाट देशलाई हिँडाउने लक्ष्य लिएका उनी आफूले हिँड्दा गरेको गल्ती दस्तावेजमै प्रस्तुत गर्न पहिलोपल्ट खोजिरहेका छन्। उनले स्वीकारेका छन्- ‘पहिलोपल्ट आफैंलाई चिरफार गरेको छु।'

माओवादीमा प्रचण्‍डले लामो समय आफूलाई नेतृत्वमा सघाउने सहयोद्धाको कल्पना गरेनन्। जसले उनलाई सघाउन चाह्यो, त्यसबाट असुरक्षित महशुस गरे। त्यसकै परिणाम माओवादी 'एकपदीय' संरचनामा अघि बढ्यो। जो प्रचण्डसँग बराबरी गर्न आइपुग्यो, त्यसले लामो समय उक्त पार्टीमा आफूलाई 'एडजस्ट' गर्न सकेन। बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्रबहादुर चन्द ‘विप्लव’, रामबहादुर थापा ‘बादल’ उदाहरण हुन्। जो प्रचण्डपछि माओवादीलाई आफ्नो काँधमा उठाउन चाहन्थे तर, आज प्रचण्डको काँध थाक्दा बोक्न सक्ने र चाहने उनीहरु नजिक छैनन्। उनले यसपल्ट पार्टीको बोझ बाँड्न चाहेका छन्। त्यसैले माओवादी १५ सदस्यीय पदाधिकारी बनाउने निर्णयमा पुगेको छ। आफूलाई बदल्ने, आफूपछि नेतृत्व विकास गर्ने र नेताहरुलाई बढुवा गर्ने प्रचण्डको चाहनाको परिणाम हो यो। 

‘सुप्रिमो’को ह्याङओभर
प्रचण्ड बोलीमा प्रभाव भएका नेतामध्ये पर्छन्। समय र सन्दर्भ मिलाएर बोल्न सक्ने उनको कलाले पनि यहाँसम्म ल्याइपुर्‍याएको हो। आइतबार उनी सकेसम्म सम्हालिएर बोल्न खोजे। आफूले बोलाएका अन्य पार्टी नेताहरुको भनाइमा फूलबुट्टा भरेर पाहुनाको भव्य स्वागत गरे। फेरिन चाहेका प्रचण्डमा 'सुप्रिमोको ह्याङओभर'ले सजिलै छाड्न नसक्ने संकेत पनि यही बेला देखा पर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले सुरु कांग्रेस सभापति तथा उनको पार्टीसहितको पाँचदलीय गठबन्धनले प्रधानमन्त्री बनाएका शेरबहादुर देउवाको प्रशंसाबाट गरे। प्रचण्डले जिब्रोमा 'मह राखेर' भने, 'बडो संक्षिप्त बोल्ने प्रधानमन्त्री आज बडो सुन्दर बोल्नुभयो जस्तो लाग्यो। कस्तो मीठो। हेर्दा सोझो जस्तो पनि र इनोसेन्ट पनि।'

त्यसपछि भने उनी 'आत्मप्रशंशा'तर्फ अघि बढे। उनले भने, 'उहाँले सजिलै भनिदिनुभयो। यो सवै प्रचण्डले गर्दा भएको हो नत्र हुने थिएन। म प्रधानमन्त्रीलाई धन्यवाद भन्न चाहन्छु, तपाईंले इतिहासका खास खास मोडमा ठूलठूला स्टेमेन्ट दिनुभएको छ। '
त्यसअघि शुभकामना दिने क्रममा प्रधानमन्त्री देउवाले प्रचण्डको प्रशंसा गरेका थिए। उनले भनेका थिए, ‘पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ। शान्ति प्रक्रियामा आउँदा संविधानसभाको निर्वाचन उहाँको सर्त हो। उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं। यस मानेमा संविधानसभाबाट संविधान बनाउने कुरा भएको हो।’

देउवाले यति बोलेपछि उनले आफूबारे देउवाको अभिव्यक्तिका 'आर्काइभ' एक-एकगरी प्रस्तुत गरे। शान्ति प्रक्रियाअघिको प्रसंग झिक्दै प्रचण्डले देउवातर्फ फर्केर थपे, 'हामी शान्ति प्रक्रियामा आउने तयारी गर्दै थियौं, उहाँले भनिदिनुभयो- प्रचण्ड नेपालको एउटा बहादुर नेता हो। म युद्ध गरिरहेको छु, उहाँ प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्‍त्रीले बिद्रोहीलाई बहादुर भनिदिनुभयो। बडो सहज ढंगले भनिदिनुभयो। त्यसको जबर्जस्त प्रभाव देशमा पर्‍यो।'

उनले त्यो भनाइ हेर्दाखेरि सानो लागेपनि सानो कुरा नरहेकोमा जोड दिए। त्यसपछि कुनैबेला देउवाले आफूलाई 'राजनेता' भनेर सम्बोधन गरेको कुरा पुलकित हुँदै सम्झिए। 'हामीले एक समय प्रधानमन्त्री पद लेनदेन गर्‍यौं। आलोपालो गर्‍यौं। जे गर्ने सहमति भएको थियो। त्यसैगरी उहाँलाई प्रधानमन्त्री प्रस्तावित गरें। उहाँले संसदको मञ्चबाट सम्बोधन गर्दै भन्नुभयो- प्रचण्ड त राजनेता नै रहेछ। राजनेता भेट्टियो  सजिलै भन्नुभयो तर, ठूलो स्टटमेन्ट भन्नुभयो।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले आइतबार देउवाको भनाइबाट आफू निकै उत्साही रहेको उल्लेख गरे। माओवादी केन्द्रका कार्यकर्तामाझ देउवाले गरेको प्रशंसाले हर्षविभोर रहेको कुरा प्रचण्‍डबाट यसरी प्रस्तुत भयो- ‘आज बडो इमान्दारिताका साथ परिवर्तनका निम्‍ति आजको संविधानका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति माओवादीको नेतृत्वका हैसियतमा प्रचण्डको बारेमा जे भन्नुभयो। त्यसले खुशी लागेको छ।‘

मात्रिकाको भाषण, चेतनको गीत र देउवाको दुरुस्ती
प्रचण्‍डले आफू भन्दा अघि बोलेका माओवादी केन्द्रका नेताहरुले 'पार्टीको लाइन'अनुसार बोलेको बताए। उनले भने, 'मात्रिका यादवजी र प्रकाशजीले जे बोल्नुभयो, त्यो पार्टीको लाइनअनुसार बोल्नुभयो। बोल्नैपर्ने बोल्नुभयो।'

'पार्टी लाइन' भनिएको मात्रिकाको भाषण  'पुस्तान्तरण'लाई बहसको विषय बनाउनेमाथि 'धारे हात' थियो।  नेपाली राजनीतिमा पुस्तान्तरण नहुँदा देशले गति नलिएको विचार राख्नेलाई पुँजीवादी भनेर भित्तामा पुर्‍याए मात्रिका यादवले। पार्टी 'लाइन'अनुसार मात्रिकाले भने, 'अहिले पुस्तान्तरणको कुरा चलेको छ, बुढाहरुले छोडेर युवाहरुलाई दिनुपर्‍यो। यो पुँजीवादी शैली हो। स्थापित नेतृत्वलाई पाखा लगाइदिने। केही नजान्नेहरुलाई नेता बनाइदिने। हामीले सबै अभ्यास गर्‍यौं। नेभर सेकेन्डहरुको पनि अभ्यास हेर्‍यौं। कस्तो मार्क्सवाद पढेको थियो, त्यो पनि हेर्‍यौं। डिग्रीले मात्रै हुने भए त, नेपालमा चार पाँच विषयमा पीएचडी गर्नेहरुको पनि हविगत हेर्‍यौं।'

मात्रिका त त्यो भन्दा अघि बढेर माओवादीले 'प्रचण्डपथ'लाई स्थगन गर्दा क्रान्ति रनभुल्लमा परेको दाबी गर्न पुगे। परिवर्तनको पक्षमा लागेकाहरुलाई 'प्यानल'मा नपारेर कांग्रेस सभापतिमा दोहोरिएका देउवाले समेत माओवादीमा प्रचण्डको विकल्प देखेका रहेनछन्। उनले भनिदिए, 'तपाईं कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त प्रचण्ड नै देख्छु।'

नेता यादवले भाषणमा प्रचण्ड निर्विकल्प देखे। माओवादी केन्द्रसँग आवद्ध गायक चेतन सापकोटाले गीत गाए, 'गणतन्त्रको संरक्षक प्रचण्ड नै हो।' तर, उता प्रचण्ड गठबन्धनको पुच्छर नसमातेर माओवादीमाथि आउने चुनावको वैतरणी तर्न नसक्ने मनोदशामा छन्। 

देउवाले आफ्नो चाहना गठबन्धन चुनावपछि पनि जाओस् भन्ने रहेको बताए। प्रचण्डले उत्साहित हुँदै प्रतिक्रिया जनाए, 'हामीले सुन्न चाहेको त्यही हो। हामीलाई चाहिएको त्यही हो।' फेरिने प्रचण्डको चाहना र कायम रहेको ‘सुप्रिमो’को ह्याङओभरबीच प्रचण्ड कहाँ पुग्लान्? माओवादीले कुन दिशा पक्डेला? पाँच दिन प्रज्ञा भवनमा यिनै प्रश्नसहित माओवादी परीक्षामा छ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्