• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमसीसीदेखि एमाले–माओवादी ‘हार्दिकता’ र गठबन्धनको भविष्यसम्म : माओवादी महाधिवेशनका ५ परिदृष्य

64x64
नेपाल लाइभ आइतबार, पुस ११, २०७८  २१:४६
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रले रातारात आठौं महाधिवेशनमा परिणत गरेको प्रथम भनिएको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ।  पहिले राष्ट्रिय सम्मेलन भनेर कसैलाई आमन्त्रण नगरिए पनि रातारात महाधिवेशनमा परिणत भएपछि माओवादीले प्रमुख दलहरुका नेतालाई आइतबार बिहान मात्र महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा गरेको थियो।

निमन्त्रणाअनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शुभकामना मन्तव्य दिन माओवादी महाधिवेशन उद्घाटन समारोहमा पुगे। तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन्। उनले आफू झापामा रहेकाले आउन नपाउने भन्दै पार्टी महासचिव शंकर पोखरेललाई पठाएका थिए। एउटा संयोग, एक महिना पहिले चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा पनि प्रचण्ड सहभागी भएका थिएनन्। उनले माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेललाई चितवन पठाएका थिए।

जे होस्, माओवादीले रातारात महाधिवेशनमा परिणत गरेकै कारण उद्घाटन समारोह राष्ट्रिय राजनीतिका पेचिला प्रश्नमा नेताहरु मुखर भएर बोल्ने मञ्च बनिदियो। राजनीतिक घटनाक्रम नेताहरुले बोलेको बाटोमै अघि बढ्लान् या नबढ्लान् भन्ने फरक पाटो हो, तर यसले पछिल्ला मुद्दा र राजनीतिक परिघटनाबारे प्रमुख दलहरुको मनस्थिति र मनोदशा प्रष्ट्याइदिएको छ। यहाँ माओवादी महाधिवेशन उद्घाटन समारोहमा प्रमुख दलका नेताहरुले व्यक्त गरेका धारणाका अर्थपूर्ण पाँच सन्देशलाई केलाउने प्रयास गरिएको छ।

१. एमसीसीबारे गठबन्धनभित्र अर्थपूर्ण मतभिन्नता
प्रधानमन्त्री देउवाले माओवादी महाधिवेशनको उद्घाटन समारोहलाई अहिले मुलुकको राजनीतिकै सर्वाधिक पेचिलो विषय बन्न पुगेको अमेरिकी अनुदान सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका निम्ति आफ्नो धारणा राख्ने मञ्चका रुपमा प्रयोग गरे। माओवादीको यही मञ्चबाट प्रधानमन्त्री देउवा सम्भवतः एमसीसीबारे सार्वजनिक रुपमा यति मुखर पहिलोपटक देखिए। अरुले चुनावी मुद्दा बन्ने डरले मनमा भए पनि बाहिर समर्थन गर्नै नसकिरहेका बेला देउवाले देउवाले राष्ट्रहितमा रहेको दाबी गरे। यसलाई राष्ट्रघाती भन्नेहरुलाई सम्झौता पढ्न आग्रह गरे। देउवाको भनाई थियो, ‘एमसीसीको बारेमा बोल्नैपर्ने भयो। यसलाई राष्ट्रघाती भन्नेले पढेका छन् कि छैनन्? मैले कहीँ राष्ट्रघात देखेको छैन। यो नेपालको हितमा छ। यसमा सहमति भएर हामी छिटै पास गराउनेछौं।’

खासगरी प्रमुख दलहरुबीच र कतिपय दलहरुभित्रै पनि तीब्र मतभिन्नता देखिएकाले एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनसकेको छैन। माओवादी महाधिवेशन उद्घाटन समारोहमा सत्तारुढ गठबन्धनभित्रै यसबारे अर्थपूर्ण मतभिन्नता रहेको प्रष्ट भयो। देउवापछि बोलेका माओवादी अध्यक्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनस्तरमा भइरहेको विरोधको आकलन गरेर हुनसक्छ, एमसीसीबारे जोखिम लिन चाहेनन्। उनले एमसीसीबारे देउवाको विचार व्यक्तिगत भएको टिप्पणी गरे। 

देउवापछि बोलेका प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीले एमसीसीबारे आफ्नो विचार भन्नुभयो। तर, उहाँले कहाँ हो राष्ट्रघाती भएको देखाइ दिनु भन्नुभयो। छलफल गर्दैछौं भनेर पनि भन्नुभएको छ। प्रधानमन्त्रीको यो अभिव्यक्ति पनि राम्रो नै आएको छ।’ यसअघि नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीविरुद्ध सबै कम्युनिस्ट एक ठाउँ उभिए कम्युनिस्ट एकताको आधार तयार हुने बताएका थिए।

२. गठबन्धनभित्र संशय चिर्ने देउवाको प्रयास 
पछिल्ला दिनमा खासगरी एमसीसीलाई लिएर सत्तारुढ गठबन्धन, त्यसमा पनि कांग्रेस र माओवादीबीच संशय बढाउने चर्चा चुलिएका छन्। त्यो के भने एमसीसी सम्झौता अनुमोदनका लागि देउवाले एमालेको सहयोग खोजेको, एमालेले गठबन्धन नजोगिने सर्तमा सघाउने आश्वासन दिएको, अनि उस्तै परे एमालेको सहयोग लिएर सरकार चलाउनेगरी देउवा अघि बढ्न खोजेको चर्चा केही दिनयता भइरहेको छ। यसले सत्तारुढ गठबन्धनभित्रै संशय पैदा हुने बुझेरै हुनुपर्छ, प्रधानमन्त्री देउवाले माओवादी महाधिवेशनको मञ्चबाट त्यसलाई चिर्ने भरमग्दुर प्रयत्न गरे। त्यहीकारण उनले प्रचण्डको प्रशंशामा धेरै शब्दहरु खर्चिए। यतिसम्म कि प्रचण्डकै कारण संविधानसभाबाट संविधान जारी हुनसकेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

३. गठबन्धन चुनावसम्मै
माओवादी महाधिवेशन उद्घाटनमा प्रवेश पाएको अर्को महत्वपूर्ण विषय थियो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध खडा भएको पाँचदलीय गठबन्धन के होला भन्ने। अहिले त्यही नै सत्तारुढ गठबन्धन हो, गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा सरकारमा सामेल नभएपनि। गठबन्धनका प्रमुख नेता प्रधानमन्त्री देउवा हुन्। यहीकारण पनि देउवाले गठबन्धनको भविष्यबारे केही प्रष्टता दिने प्रयत्न गरे। उनले गठबन्धन संविधान बचाउनका लागि भएकाले यो चुनावसम्मै जानुपर्ने पक्षमा आफू रहेको बताए। यसअघि राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले पनि गठबन्धनलाई निरन्तरता दिन माओवादीको महाधिवेशनले महत्वपूर्ण भूमिका बहन गर्नुपर्ने उल्लेख गरेकी थिइन्। 

४. एमाले–माओवादी घोचपेच होइन, हार्दिकता
जसरी एमालेको महाधिवेशनमा प्रचण्ड पुगेका थिएनन्, ठिक त्यसैगरी माओवादी महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली आएनन्। प्रचण्ड एमाले महाधिवेशनमा नपुग्नुलाई अरुले जति ठूलो टिप्पणीको विषय बनाए, ओलीले त्यसबारे एक शब्द पनि खर्चेका थिएनन्। तर, माओवादी महाधिवेशनमा ओली नआउनुलाई प्रचण्डले फरक रुपमा प्रस्तुत गरे। उनले उद्घाटन भाषणमै आफ्नो ओलीसँग कुरा भएको तर, आउने चाहना भए पनि आफू झापामा रहेकाले उपस्थित हुन नसक्ने जानकारी ओलीले आफूलाई गराएको बताए।

ओलीले एमालेको प्रतिनिधिका रुपमा महासचिव शंकर पोखरेललाई माओवादी महाधिवेशनमा पठाएका थिए। त्यसक्रममा माओवादी अध्यक्ष प्रचण्ड र पोखरेल दुबैको सम्बोधनमा एकअर्काप्रति घोचपेच होइन, अनौठो तवरबाट हार्दिकता झल्कियो। पहिले सम्बोधन गरेका पोखरेलले एमाले र माओवादीबीचको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताएका थिए। पछि बोलेका प्रचण्ड त्यसभन्दा पनि अघि बढे। उनले भने, ‘महासचिवको हैसियतले शंकरजीले जे कुरा राख्नुभयो, सबभन्दा मलाई मन परेको कुरो के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ। म कमरेड शंकर पोखरेल र उहाँमार्फत् सिङ्गो नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ। फेरि एकचोटि आत्मसमीक्षा गरौँ।’

५. र, माओवादीकै पुनर्जीवनका कुरा
माओवादी महाधिवेशनमा गठबन्धनका दलहरुबीच सहकार्यको कुरा मात्र भएन, खासगरी वाम दलहरुबीच एकताको विषयले समेत ठूलै महत्व पायो। सम्बोधन गर्नेक्रममा संसद भित्र र बाहिर सबैतिरका दलहरुले यसमा जोड दिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलसम्मबाट त्यो व्यक्त भयो। तर, माओवादीकै लागि अर्थपूर्ण सम्बोधन सीपी मैनालीको भाषणमा व्यक्त भयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मैनालीले सम्बोधनका क्रममा कम्युनिस्ट आन्दोलन र दललक्ष्यित कैयौं प्रश्न तेस्र्याउँदै माओवादीलाई नवजीवनको शुभकामना दिएका थिए। त्यो एक किसिमले माओवादीको पुनर्जीवनकै कुरा थियो। त्यहीकारण पनि हुनसक्छ, प्रचण्डले अन्तिममा बोल्नेक्रममा सीपी मैनालीसँग आफूले त्यो भाषण नोट नै मागेको बताए। माओवादीका कैयौं नेता र कार्यकर्ताले यो महाधिवेशन नै माओवादीको अग्निपरीक्षा हुने बताइरहेका छन्। उनीहरुले यहाँबाट पार्टी रुपान्तरण हुनसके पुनर्जीवित हुनसक्ने नभए सिद्धिने बाटोतिर जाने टिप्पणी पनि गरिरहेका छन्। सम्भवतः प्रचण्डले त्यसकै केही खाका मैनालीको भाषण नोटमा देखे।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्