काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ। राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज उद्घाटन हुने महाधिवेशन पुस १५ सम्म चल्नेछ।
माओवादीले यसअघि प्रथम राष्ट्रिय सम्मेलनको रुपमा प्रचार गरिए पनि अन्तिमा समयमा महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। शनिबार बसेको स्थायी समितिको बैठकबाट भएको उक्त निर्णय आजको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ।
महाधिवेशनको सम्पूर्ण तयारी सकिएको माओवादी नेताहरुले जानकारी दिएका छन्।
महाधिवेशनस्थलमा माओवादी नेता कार्यकर्ता तथा प्रतिनिधिहरुको चहलपहल बढेको छ। प्रतिष्ठानको मुख्य हल भरिन थालेको छ। हल बाहिर पनि उपस्थिति बाक्लिँदै गएको छ।
पार्टीका शीर्ष नेताहरु कार्यक्रमस्थलमा आउने क्रम जारी छ। महाधिवेशनको उद्घाटनसत्रमा अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गरिको छ।
यस महाधिवेशनमा माओवादीको नीतिबारे बहस हुने तथा नयाँ नेतृत्व चयन हुने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।