• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

माओवादी केन्द्रीय समितिमा १०५ महिलाको प्रतिनिधित्व हुने, को-को पुग्लान् पदाधिकारीमा?

64x64
नेपाल लाइभ शनिबार, पुस १०, २०७८  १२:२५
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रका १७९ केन्द्रीय सदस्यमध्ये ३६ जना महिला छन्। यो भनेको २० प्रतिशतभन्दा केही बढी हो। समानुपातिक समावेशीको सबैभन्दा बढी वकालत गर्ने माओवादीको केन्द्रीय समितिमा अब भने ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने तयारी छ। सम्मेलनपछि बन्ने २९९ सदस्यीय केन्द्रीय समितिको ३५ प्रतिशत अर्थात् १०५ जना महिला सदस्य हुनेछन्।

१०५ जना महिला केन्द्रीय सदस्य बनाउँदा प्रशस्तै नयाँ अनुहारले अवसर पाउनेछन्। तर पदाधिकारीमा भने अहिले केन्द्रीय सदस्य रहेकैहरुले अवसर पाउनेछन्।

‘सबैभन्दा बढी समानुपातिक समावेशिताको वकालत गर्ने पार्टी माओवादी नै हो। त्यसको जननी नै माओवादी हो। त्यहीँ पार्टीमा महिला सहित उत्पीडित समुदायको प्रतिनिधित्व भएन भने अरुले प्रश्न गर्ने अवस्था आउँछ', माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भनिन्, ‘त्यसैले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला प्रतिनिधित्व हुनै पर्छ। तत्काल सम्भव नभए पदहरु रिक्त रहनुपर्छ।’

पार्टी केन्द्रीय समितिमा मात्रै नभएर पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोमा समेत ३५ प्रतिशत महिला प्रतिनिधित्वको आवाज उठाइने उनले बताइन्।

यतिबेला माओवादी केन्द्रको पदाधिकारीमा महिला नेताको प्रतिनिधित्वको विषयलाई पनि चासोपूर्वक हेरिएको छ। उसले पदाधिकारीमा १५ सदस्य राख्ने तयारी गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उच्च तहका महिला नेतामध्ये पदाधिकारीमा दाबी गरिरहेकी नेता स्थायी समिति सदस्य पम्फा भुसाल हुन्। उर्जा, जलस्रोत तथा सिचाई मन्त्री भुसालले पार्टी महासचिवमा नै दाबी गरेकी छिन्।

भुसाल तत्कालीन नेकपा माओवादीले 'जनयुद्ध' सुरु गर्दाका १९ केन्द्रीय सदस्यमा एक्ली महिला हुन्। उनी नै पार्टी महासचिव बनेमा अन्य महिला नेताहरुमा पनि उत्साह आउने र अन्य पार्टीलाई पनि सन्देश दिन सकिने बुझाइ कतिपय महिला नेताहरुको छ। त्यसका लागि आफूहरुको सहयोग रहने उनीहरुको भनाइ छ।

भुसाललाई प्रतिस्पर्धामा उठाउन बल गर्नेभन्दा पनि आवश्यकता अनुसार बाहिरबाट सहयोग गर्ने योजना महिला नेताहरुको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भुसालका अतिरिक्त अन्य महिला नेताहरु पनि पदाधिकारीको आकांक्षी हुन्। तर उनीहरु खुलेका छैनन्। सल्लाह गरेर केहीले दाबी गर्ने उनीहरुको तयारी छ। ‘अहिले हामी जम्मा ३६ जना महिला नेताहरु केन्द्रीय समितिमा छौं। सबैले दाबी गर्दा दाबीको आधार नै कमजोर हुन्छ’, ती केन्द्रीय सदस्यले भनिन्, ‘त्यसैले क-कसको सम्भावना बढी छ। उसैलाई पदाधिकारीको लागि अघि सार्ने हाम्रो तयारी हो। राष्ट्रिय सम्मेलनमा छलफल गरेर फाइनल गर्छौं।’

अहिलेसम्म पदाधिकारीमा दाबी गर्ने योजनामा ओनसरी घर्ती, उर्मिला अर्याल, जयपुरी घर्ती, शशि श्रेष्ठ, सत्या पहाडी, धर्मशिला चापागाईं, रेखा शर्मा, अमृता थापा, देवी खड्का, रेनु चन्द लगायतका नेताहरु छन्। उनीहरुले अध्यक्ष, उपाध्यक्ष र महासचिव बाहेकका पदमा दाबी गर्ने तयारी गरेका छन्। ती तीन बाहेकका पदमा दाबी गर्दा पाउने सम्भावना रहने उनीहरुको बुझाइ छ। 

केन्द्रीय सदस्य रेखा शर्माले सहमतिमै केन्द्रीय समिति र पदाधिकारी टुंगिने भन्दै महिला नेताहरुले छुट्दै दाबी गर्नुपर्ने अवस्था नआउने बताइन्। ‘हाम्रो कम्युनिस्ट पार्टीमा बुर्जुवा पार्टीमा जस्तो पदका लागि तिकडम गर्नुभएन। त्यसैले आवश्यकताका आधारमा महिलाहरु केन्द्रीय समिति र पदाधिकारीमा आइहाल्छन्। दाबी गर्नुपर्दैन', उनी भन्छिन्, 'यदि प्रतिस्पर्धा नै गर्नुपरेमा धेरै महिला नेताहरले पदाधिकारीमा दाबी गर्ने अवस्था आउन सक्छ।’

आफूले पनि आवश्यकता र परिस्थिति हेरेर पदाधिकारी दाबी गर्ने शर्माको भनाइ छ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्