• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

युवतीको हत्या गरेर अत्तर बनाउने प्रेमी, जो मृत्युदण्डबाट उम्किएपछि ‘ईश्वर’ भयो

64x64
युवराज भट्टराई शनिबार, पुस १०, २०७८  ११:५१
1140x725

काठमाडौं– ऊ आफ्नो मृत्युदण्डका लागि तयार भएर बसेको छ। हिरासतबाट बाहिर निकालिएको उसलाई सजाय दिन जल्लाद अगाडि उभिएको छ। उसलाई मृत्युदण्डको सजाय दिँदा सारा शहर उत्सव मनाउन तयार भएर बसेको छ।

मृत्युदण्डअघि ऊ आफ्नो खल्तीबाट अत्तरको सानो बट्टा निकाल्छ र केही थोपा रुमालमा छर्किन्छ। बट्टाको बिर्को खोल्नासाथ अत्तरको गन्धमा शहरबासी मोहित हुन थाल्छन्। ऊ अत्तर छर्किएको रुमाल भिडमा फ्याँकिदिन्छ। 

त्यो अद्भूत अत्तरले सारा शहर मोहित हुन्छ। उनीहरु १३ युवतीको निर्मम हत्यापछि निर्मित अत्तरको बास्नामा मोहित भएर आफैंलाई बिर्सिन्छन्। त्यसपछि, मृत्युदण्डको सजाय दिइएका जोन बाप्टिस ग्रिनोई (बेन ह्विस्व अभिनित)लाई भगवानको रूपमा हेर्न थाल्छन्। ग्रिनोई ईश्वरको अवतार भएको नारा लगाउँदै शहरबासी आफ्नो नजिक जो छ ऊसँगै प्रेम र संभोगमा लिप्त हुन थाल्छन्। 

ग्रिनोई आफू भने जीवनमा पहिलो पटक भेटिएकी युवतीलाई कल्पिन थाल्छ। 

अत्तरको प्रभाव सकिएपछि शहरबासी होसमा आउँछन्। आफूलाई बीच बजारमा विनाकपडा पाउँछन्। मृत्युदण्डको सजाय सुनाइएको ग्रिनोईबारे सबैले बिर्सिन्छन्। उसको अस्तित्व नै भुल्छन्। युवतीहरुको हत्यालाई लिएर अरु कसैले सजाय पाउँछ। 

आफ्नो अस्तित्वको खोजीमा हिँडेको ग्रिनोई भने उसको जन्म भएको ठाउँमा आउँछ। अनि त्यो अत्तर आफ्नै शरीरमा छर्किन्छ। माछा बजारको दुर्गन्धमा ईश्वरीय सुगन्धको फैलावटले मानिसहरु तानिन्छन्। ग्रिनोईको शरीरलाई कुनै खाना जसरी उनीहरु झम्टिन्छन्। 

जोन बाप्टिस ग्रिनोईसँग दुई विशेष कुरा छन्– संसारकै अद्भूत सुँघ्ने क्षमता र आफ्नो गन्धविहीन शरीर।

२००६ मा प्रदर्शनमा आएको फ्रेन्च फिल्म ‘पर्फुम : द स्टोरी अफ अ मर्डरर’ले ग्रिनोईसँग भएका यी दुई क्षमताको आधारमा उसको जन्मदेखि मृत्युसम्मको कथा भनेको छ। टोम टाइक्वेरको निर्देशनमा बनेको यो फिल्म प्याट्रिक सुसकिण्डको पुस्तकमा आधारित छ। पुस्तकमा जुन किसिमले गन्धलाई शब्दहरूमार्फत सुसकिण्डले प्रस्तुत गरेकी छिन्, टाइक्वेरले पनि दृश्यमा त्यही भाषा उतारेका छन्।

nimb
nimb

फिल्मको सुरुवातमा ग्रिनोईको मृत्युदण्डको दृश्य देखाइन्छ। जल्लाद सामुन्ने ऊ आफ्नो विगत सम्झिन थाल्छ। विगतमा तीन सय वर्षअघिका दृश्यहरू देखाइन्छन्।

ग्रिनोईको जन्मसँगै उसकी आमा मारिइन्छिन्। सन्तानलाई जन्म दिनासाथ मार्न खोजेको आरोपमा उनलाई मृत्युदण्ड दिइन्छ। ग्रिनोइ अनाथालयमा पुग्छ। अनाथालयमा १३ वर्षसम्म हुर्किएको ऊ सीमित पैसाका लागि कामदारका रुपमा बेचिन्छ। बाख्रा, भेडाजस्ता जनावरहरूको छाला काड्ने, धुने र त्यसलाई दैनिक प्रयोजनका लागि तयार गर्ने उसको काम हुन्छ। प्रायः कामदार यहाँ आधा दशकभन्दा बढी टिक्दैनन्। दैनिक १८ घण्टा काम गर्दा पनि ग्रिनोई अरु कामदारभन्दा धेरै समय यहाँ बस्न पुग्छ। 

अनाथालयबाट कामदारको रूपमा बाहिरिएको ग्रिनोई बाहिरी संसार पुग्दा फरक फरक गन्धसँग पनि परिचित हुन्छ। त्यही बेला ऊ एउटा यस्तो अद्भूत सुगन्धको समीपमा पुग्छ, जुन त्यसअघि उसले कहिल्यै थाहा पाएका हुँदैन। गन्ध पछ्याउँदै जान्छ। त्यो गन्ध एउटा फल बोक्ने युवतीबाट निस्किएको हुन्छ। युवतीको शरिरबाट आइरहेको बास्नाले उसलाई आकर्षित गर्छ। युवती उसलाई फल दिन खोज्छिन्, तर ग्रिनोई उसको हात समातेर लट्ठ पर्छ।

यसबीच ग्रिनोईको परिचय विभिन्न अत्तरसँग हुन्छ। बजारको कुनै गल्लीको पसलमा महिलाहरूले छनोट गरिरहेको अत्तरहरूको सुगन्धले उसलाई छुन्छ। अत्तर बनाउने र सुगन्धलाई लामो समयसम्म सुरक्षित राख्ने ध्येयले उसले धेरै युवतीको हत्या गर्छ।

सुगन्धको खोजीमा हत्याको श्रृङ्खला
ग्रिनोई आफूले काम गरिरहेको छाला उद्योगबाट बाहिर आएपछि ऊ फरक गन्धहरूसँग परिचित हुन थाल्छ। छालाको डेलिभरीका लागि बजार आएको उसले एउटी फल व्यापारी युवतीको शरीरबाट आइरहेको सुगन्धको पछि लाग्छ। त्यो यस्तो बास्ना हुन्छ, जुन ग्रिनोईले कहिल्यै चाल पाएको थिएन। उसले बाँचेको जीवनमा बढी त दुर्गन्धहरू भोगेको हुन्छ। माछा बजारको फोहोरदेखि अनाथालय हुँदै छाला उद्योगसम्म आउँदा धेरै दुर्गन्ध खपेको हुन्छ। 

ग्रिनोई उद्योगबाट पहिलो पटक बाहिर निस्किँदा भेटेको युवतीको सुगन्ध पछ्याउन थाल्छ। तर, युवती उसको असाधारण व्यवहारबाट त्रसित भएर भाग्न थाल्छिन्। ऊ पछ्याउँदै जान्छ। त्यो गन्धले उसलाई चुम्बकले फलाम तानेझैँ तान्छ।

युवतीको शरीरको सुगन्ध लिने क्रममा ग्रिनोई उसको हत्या गर्न पुग्छ। हत्यापछि युवतीको कपडाहरू निकालेर शरीरको सुगन्ध लिन थाल्छ। मृत्युदण्ड पाउन लाग्दा पनि उसले तिनै पहिलो पटक फरक गन्ध महसुस गरेकी युवतीलाई सम्झिएको हुन्छ। 

सुगन्धबाट लट्ठिएर ग्रिनोईले धेरै युवतीको हत्या गर्न थाल्छ। ऊ अत्तरहरूको खोजीमा लाग्छ। शहरकै चर्चित अत्तर व्यापारी ग्युसेप बाल्डिनीसँग बास्नाहरू मिश्रण गर्न सिक्छ। हरेक बास्नालाई सुरक्षित राख्ने ग्रिनोईको रहर हुन्छ। बाल्डिनीको प्रयोगशालामा ऊ फलाम, तामा र बिरालोसम्मको गन्धलाई सुरक्षित राख्न प्रयास गरे पनि असफल हुन्छ। बाल्डिनी ग्रिनोईको यो पागलपनबाट चकित हुन्छ। 

ग्रिनोई थप यात्रामा ग्रास जान्छ, जुन अत्तर बनाउन र गन्धलाई संरक्षण गर्नमा निकै चर्चित ठाउँ मानिन्छ। त्यहाँ ग्रिनोई फूलहरुलाई जनावरको बोसोमा डुबाएर बास्ना जोगाउने विधि सिक्छ। एउटी महिलाको हत्या गरेर उसको शरीर ठूलो ट्यांकीमा राखेर फूलहरुकै जस्तो विधि अपनाएर बास्ना छुट्याउन खोज्छ। तर, असफल हुन्छ।

अनि उ शहरका महिलाहरूको शरीरबाट निस्किने बास्ना बचाउन उनीहरूको शरीरमा जनावरको बोसो लगाउने विधि प्रयोग गर्छ। त्यसैकारण ऊ महिलाको हत्या गर्न थाल्छ। सुरुवातमा शहरकी यौनकर्मी, त्यसपछि कृषक हुँदै शहरका नामी व्यापारीका छोरीहरूको हत्या हुन्छ।

ग्रिनोईको यो यात्राको एउटै मात्र महत्वकांक्षा हुन्छ, ऊ आफूलाई मन परेको बास्नालाई संरक्षण गर्न चाहन्छ। अत्तरमा १२ वटा नोट (स्वर) हुन्छन्, संगीतमा जस्तै। १२ नोटमा एउटा थपे त्यो अद्भूत हुन्छ। १२ वटा नोट छुट्याउन सके पनि १३औं भने छुट्याउन सकिँदैन। यही विश्वासका साथ ग्रिनोई १३औं अद्भूत नोट सिर्जनाको प्रयासमा मरिमेटेर लाग्छ। 

पात्रको वस्तुकरण
सिनेमाभर ग्रिनोई वस्तुको रुपमा चित्रित छ। ऊ कहिल्यै मानिस हुन पाउँदैन। 

ऊ जन्मिँदा आमाले कतै फ्याँकेकी हुन्छिन्। अनाथालयका सञ्चालक मेडम गैल्लार्डका निम्ति ऊ केवल आम्दानीको श्रोत हुन्छ। अनाथालयका अन्यले उसलाई मान्छे नभइ ‘दानव’ मान्छन्।

गैल्लार्डले उसलाई वस्तुकै रूपमा बेचिदिन्छिन्। छाला व्यापारी ग्रिमालका लागि पनि ऊ केवल कामदार हुन्छ। उसबाट काम गराउनु र कामबाट आम्दानी गर्नु मात्रै ग्रिमालको मुख्य उद्देश्य हुन्छ। ग्रिमालबाट बिक्री भएपछि उ अत्तर बनाउने बाल्डिनीसँग काम गर्न थाल्छ। तर, बाल्डिनीका लागि पनि ग्रिनोई वस्तुको रुपमै रहन्छ। अत्तर सुरक्षित गर्ने आफ्नो प्रयास असफल भएपछि जब ग्रिनोई बिरामी हुन्छ, तब बाल्डिनी उसलाई यति छिटो मर्न नसक्ने र आफ्नो लागि थप अत्तर बनाउनुपर्ने भन्छ।

बाल्डिनीबाट छुटेर ग्रास जाँदा ग्रिनोई स्वतन्त्र हुन्छ। तर, उसले आफ्नो स्वतन्त्रता बाल्डिनीलाई जीवनभरलाई अत्तर बनाउन पुग्ने सूत्रहरू दिएर लिएको हुन्छ। ग्रास जाँदा एक गुफामा पुगेपछि ऊ आफ्नो शरीरमा गन्ध नभएको थाहा पाउँछ। ऊसँग अद्भूत सुँघ्ने क्षमता त छ, तर आफ्नो गन्ध छैन।

आफूमा गन्धको अनुपस्थितिपछि ग्रिनोईलाई लाग्छ, अहिलेसम्म उसको अस्तित्व नै छैन।

ग्रिनोई त्यो पल आफूले पहिलो पटक भेटेकी फलफूल व्यापारी युवती सम्झिन्छ। ग्रिनाई उसैको सामुन्ने छ। तर, युवती उसलाई देख्दिनन्। युवती कसैको उपस्थिति हो कि भन्दै बोलाउँछिन्। तर, सामुन्नेको ग्रिनोई त्यहाँ हुँदाहुँदै पनि उसको अस्तित्वको कुनै अर्थ हुँदैन। यहाँ व्यक्तिको आफ्नो सुगन्ध नहुनुलाई अस्तित्व नहुनुको रुपमा चित्रण गरिएको छ।

ग्रिनोई आफ्नो अस्तित्व बनाउन त्यो अद्भूत अत्तर बनाउने लक्ष्यमा लाग्छ, जसले सारा जगतलाई नै मोहित बनाउन सकोस्। यस्तो अत्तर जसले उसको उपस्थितिको ज्ञात दुनियाँलाई होस्। 

ग्रिनोईको अर्को विशेषता भनेको ऊ र मृत्यु सँगसँगै हिँड्छन्। कोही व्यक्ति ग्रिनोई साथ हुँदा सुरक्षित हुने र उसको साथ छुटटनेबित्तिकै मृत हुने देखाइएको छ। जन्मसँगै आमाको मृत्यु, अनाथालयबाट बेचिएपछि गैल्लार्डको मृत्यु, छाला व्यापारीबाट छुटेर बाल्डिनीसँग गएपछि व्यापारी ग्रिमालको मृत्यु र बाल्डिनीलाई छाडेर ग्रासको यात्रा सुरु गरेकै दिन बाल्डिनीको मृत्यु। त्यति मात्र नभइ उसले जोसँग संगत गर्छ उनीहरूको पनि मृत्यु हुन्छ। 

गन्धको प्रतीकात्मक प्रस्तुति
ग्रिनोई शहरको अँध्यारो नालीमा भेटिएको हुन्छ। मोन्टाज सटहरुमार्फत सुरु हुने फिल्मको कथामा उसकी आमाले उसलाई बीचबजारमा जन्म दिन्छिन्। सम्भवतः अनैतिक सम्बन्धबाट जन्मिएको बच्चा भएकाले उसलाई नालीमा फ्याँकिन्छ।

माछा बजारको दुर्गन्धित अँध्यारो र फोहोरका दृश्यहरु मोन्टाजमार्फत सुरु हुन्छ। विगतमा फर्किरहेको ग्रिनोईको जन्मको दृश्य घिनलाग्दो छ। गन्ध छुट्याउने उसको अद्भूत क्षमता देखाउन माछा बजारको फोहोर र दुर्घन्धित अवस्था चित्रित गरिएको छ।

फिल्ममा कतै पनि ग्रिनोईसँग गन्ध छुट्याउने अद्भूत क्षमता भएको बताइँदैन। तर, दृश्यहरूले उसमा भएको सुँघ्ने र अत्तर बनाउने क्षमता भन्छन्। जस्तो, अनाथालयमा पुर्‍याएपछि उसलाई अन्य बालकहरूले हेर्न आउँदा आवाजबाट उसको आँखा खुल्दैनन्। तर, जब एक बालकले उसको सामुन्ने औँला पुर्‍याउँछ, ग्रिनोई ती औँला समाएर आफ्नो नाक नजिकै लैजान्छ।

अनाथालयमै हुँदा आँगनमा डुलिरहेको उसले पात, फल र हाँगाको समिश्रण गर्छ। दृश्यमा यी तीनै वस्तुलाई सँगै राखेपछि रुख देखाइन्छ, जहाँ ग्रिनोइले नै राखेका फल, पात र हाँगाहरू हुन्छन्।

पाँच वर्ष पुगेको ग्रिनोईको बोली फुटेको हुँदैन। तर, उ गन्ध र आफ्नो सुँघ्ने क्षमताले संवाद गर्छ। कसैले उसलाई कुनै वस्तुले हिर्काउँदा उसका आँखाभन्दा अघि नाकले चाल पाउँछ। ग्रिनोईमा भएको सुँघ्ने क्षमता र गन्धको समिश्रण गर्ने क्षमतालाई फिल्ममा प्रस्तुत गरिएको छ। 
०००

गन्धलाई शब्दमा जस्तै दृश्यमा पनि देखाउन सहज हुँदैन। प्रविधिको प्रयोगदेखि विभिन्न माध्यमबाट सिनेमाहलमा बास्ना छाडेर पनि कतिपय फिल्ममा महसुस गराउने प्रयास गरिएका छन्। ‘स्मेल ओ भिजन’ प्रविधि यसैको एउटा उदाहरण हो। तर, यी प्रविधि सफल भएनन्। ‘पोलिएस्टर’ जस्ता फिल्ममा यो प्रविधिको प्रयोग गरियो। तर, दर्शकले फिल्ममा पात्रलेझैं बास्ना महसुस गर्ने र जीवन्त अनुभव गर्ने अवस्था सिर्जना भएन। फलतः यी प्रविधि हराए। 

तर, टाइक्वेरको निर्देशनले ‘पर्फुम : द स्टोरी अफ अ मर्डरर’ फिल्ममा दृश्यमार्फत नै दर्शकलाई फिल्मभित्रको बास्ना र दुर्गन्ध महसुस गराउँछ। फिल्ममा भएको बेन ह्विस्व, डस्टिन होफम्यान, क्यारोलिन हरफर्थलगायतको अभिनयले दृश्यमा देखाइएका विषय दर्शकले महसुस गर्न सक्छन्। माछा बजारको दुर्गन्ध महसुस गराउन प्रयोग भएको मोन्टाजदेखि ग्रिनोईले बनाएको अद्भुत अत्तरको सुगन्धको क्षमता देखाउन सारा शहर नै एकअर्कासँग मोहित भएको दृश्यमा निर्देशकको क्षमता देखिन्छ। उनको निर्देशन क्षमताकै कारण एउटा निर्मम र पागल हत्याराको अस्तित्व र प्रेमको खोजीको यात्रालाई पनि दर्शकहरू प्रशंसा गर्न बाध्य बनाउँछन्।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्