काठमाडौं- चौधरी ग्रुपले ओलेड टीभी नेपाली बजारमा भित्र्याएको छ। मिनभवनस्थित एलजी शोरूममा एक कार्यक्रमबीच उक्त टीभी सार्वजनिक गरिएको हो।
यो टीभी विश्वकै नम्बर १ पुरस्कार प्राप्त भएको कम्पनीले जनाएको छ। ‘यो ओलेड श्रेणीमा लगातार आठ वर्षदेखि संसारकै नं. १ ओलेड टीभीको रुपमा आफूलाई स्थापित गरेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एलजी ओलेडमा भएको ८.३ मिलियन्स वटा सेल्फ लिड ओलेड पिक्सल्सले आफ्नै लाइट निकाल्ने हुँदा चाहेको बेलामा अन हुने र अरुबेला स्वतः अफ हुने कम्पनीले जनाएको छ। यसले साधारण लेड टीभीको तुलनामा फरक अनुभव दिने बताइएको छ।
‘एलजी ओलेड टीभीको नयाँ अत्याधुनिक चिपले सामग्रीको विश्लेषण गर्न गहिरो अध्ययन गर्ने एलगोरिदमहरुको प्रयोग गर्दछ जसले गर्दा तस्बिर र ध्वनीमा प्रत्येक समायोजन स्वचालित हुन्छ। त्यसैले तपाईंले हेर्नुभएका सबै कुरा शानदार हुन्छ,’ कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।