काठमाडौं- नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ।
यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्ने बैंकले जानकारी दिएको छ। त्यसैगरी बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्ने जनाइएको छ।
'खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नवीन पहिचान बोकेको ब्राण्ड हो। खल्ती डिजिटल वालेटले बिल भुक्तानी (जस्तै: मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी) जस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दछ।'
डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै नबिल बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार भएकोसमेत विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।