काठमाडौं– 'नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार' भन्ने मूल नाराका साथ आईएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा नयाँ स्किम सार्वजनिक गरेको छ।
स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत ४ देशबाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ। यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले १० हजार उपहार स्वरूप प्राप्त गर्नेछन्।
त्यस्तै, बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिन कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसरी छनोटमा परेका प्रति सेवाग्राहीले ४० हजार रूपैयाँ बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन्।
कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत् नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनेछन्।
उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी २०२२ (८ पुस देखि २१ माघ २०७८) सम्म कायम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।