काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति तर्फका केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ।
८ जना चयन हुने आदिवासी जनजाति समूहमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारले अग्रता कायम राखेका छन्।
४ हजार २०० मतगणना हुँदा सबैभन्दा बढी मत चिनकाजी श्रेष्ठले ल्याएका छन्। २०३७ मत ल्याएर महर्जन पहिलो नम्बरमा छन्। दोस्रो स्थानमा रहेका उमेश श्रेष्ठले १८८७ मत पाएका छन्।
बहादुर सिंह लामाले १८५८, दिलमान पाख्रिनले १७५०, टेकबहादुर गुरुङले १६९७,आङ्गेलु शेर्पाले १६३५,तारामान गुरुङले १६१६, टेकप्रसाद गुरुङले १५९३ मत ल्याएका छन्।
आदिवासी जनजाति तर्फ १६ जनाले प्राप्त गरेको मत:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।