• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पाँचपोखरी नजानुस्, मीना अब बेसी झर्छिन् 

64x64
युवराज भट्टराई शुक्रबार, पुस ९, २०७८  ०७:०३
1140x725

काठमाडौं– नस्यामपाटी (सिन्धुपाल्चोक) पुग्ने बाटोमा अलिअलि हिउँ बाँकी नै छ। करिब तीन साता अघि काठमाडौँमा झरी पर्दा यहाँ हिउँ परेको थियो। घामको किरण पर्ने ठाउँमा हिउँ पग्लिसक्यो। घाम नपर्ने ठाउँमा अझै सेताम्मे छ।

चिसो निकै बढेको छ। मीना वाइबा (३०) नस्यामपाटीबाट छिम्ती फर्किने सुरसारमा छिन्। त्यतिबेला उनको ‘नस्याम भ्यु पोइन्ट होटेल’ पनि बन्द हुन्छ। अब ‘अफ–सिजन’ लाग्यो। यो वर्ष पाँचपोखरी घुम्ने पर्यटक आउँदैनन्।

पाँचपोखरी जाने बाटोमा टुप्पीडाँडा (ब्रोङ्दोग्याङ) र चोकरडाँडा पार गरेपछि नस्यामपाटी पुगिन्छ। टुप्पीडाँडा र चोकरडाँडामा उस्तो धेरै हिउँ परिसकेको छैन। नस्यामबाट जुगल हिमाल चाँदी झैँ टिलिक्क टल्किएको छ। 

नस्यामपाटीमा अब बन्द गर्न बाँकी मीनाको होटेल मात्र हो। अरु होटेलका सञ्चालक बेसी झरिसकेका छन्। उनी भने लेकमा ज्याला मजदुरीका लागि आएका र भरिया तथा सिजनको अन्तिमतिर पदयात्रामा पुगेकालाई बास दिन बसेकी हुन्। ‘उनीहरूका लागि पनि बसिदिनु परेको छ। तर, चिसो बढेर रुघा लाग्न थालेकोले अब बस्न गाह्रो छ,’ उनले भनिन्, ‘तपाईंहरु नै यो सिजनको अन्तिम पदयात्री होला। अब आउँदैनन्।’

पुसदेखि फागुनसम्म पाँचपोखरी जाने बाटोमा कोही पनि हिँड्दैन। उनी बेसीमै हुन्छिन्। होटेल हिउँमा छोपिन्छ। यस्तो बेला पनि कोही काम परेर यता आए उनी फेरि लेक उक्लिन्छिन्। ‘कोही मान्छे आयो भने खबर गर्छन् र हामी माथि आउँछौं, हामी आएन भने त उनीहरुको बिजोक हुन्छ,’ उनी भन्छिन्, ‘पहिला पनि यस्तै बेला मान्छे आएको रैछ। फोन गर्‍यो र आयौँ। हामी नभए पानी पनि कहाँबाट खाने थाहा पाउँदैन, सबै जमेको हुन्छ।’

कोरोनाका कारण करिब दुई वर्ष उनले होटेल बन्द गरिन्। कोही पदयात्री नै आएनन्। त्यो अवधि कहिले छिम्तीस्थित घरमा बसिन्, कहिले श्रीमान् र छोरीसँगै यता लेक उक्लिइन्। 

बेसी बस्दा मन ढुक्क भने हुँदैन। कोरोना महामारीअघि अफ–सिजनमा बेसी झरेको बेला कोही उच्छृङ्खलले पानी थापेका जर्किन फुटाइदिए। केही न केही बिगार गरिदिन्छन्। यसपटक हामी पुग्दा उनी पनि फर्किने सुरसारमा थिइन्। तर, यसपटक पनि फर्कँदा मन ढुक्क छैन रे।

Ncell 2
Ncell 2
nimb
nimb

हामी टुप्पीडाँडाबाट सबेरै हिँडेर नस्यामपाटी पुग्दा ११ बजिसकेको थियो। मीनाले खाना तयार गरिसकेकी थिइन्। बेसीबाट काम गर्न आएकाहरूका लागि बनाइएको खाना भाग लगाएर हामीलाई पनि दिइन्। 

उनले चार वर्षअघि होटेल सुरु गरेकी हुन्। होटेल बनाउँदा छिम्तीबाटै सामग्री बोकाएकी हुन्। त्यहाँबाट नस्यामपाटी करिब १० घन्टाको पैदल दूरीमा पर्छ। उनले झन्डै १० लाख रुपैयाँ खर्च गरेर होटेल बनाइन्।

होटेल सञ्चालन गर्नुअघि मीनाको परिवार खेतीपाती र पशुपालन गर्थ्यो। चौँरी चराउन लेकमा गोठ राख्थे। पाँचपोखरी जाने पैदलयात्री उनीहरूकै गोठमा बास बस्थे। ‘हाम्रो गोठमा उनीहरु बस्ने, पकाउने गर्दा रहेछन्,’ उनी भन्छिन्, ‘गोठ भत्काउने, बिगार पनि गर्ने गरेका थिए। यो बाटोमा पाँचपोखरी घुम्न जाने पदयात्री आउँछन् भन्ने थाहा पाएपछि हामीले होटेल सुरु गरेका हौँ।’

होटेल खोलेपछि मीनाको दैनिकी फेरियो। अब बेसीको घरमा भन्दा बढी लेकमा बस्न थालिन्। समुन्द्री सतहभन्दा करिब दुई हजार मिटरमाथि रहेको छिम्तीबाट उनको जीवन उकालो लागेर करिब ३८ सय मिटरको नस्यामपाटी आइपुगेको छ। चौँरी र याक चराउने काम छाडेर पाहुनाहरूको सत्कार गर्न थालेकी छन्। उनको अधिकतम् बास नस्यामपाटीमा भए पनि लेकबेसी गरिरहन्छिन्। 

पहिला गोठ राख्दा साउनदेखि कात्तिकसम्म उनीहरू चौँरीलाई लेक ल्याउँथे। चौँरी चराउँदै प्रत्येक महिना अलिअलि गर्दै उकालो लाग्थे। एउटा खर्कमा घाँस सकिएपछि अर्को खर्क जान्थे। ‘अहिले पनि यहाँ गोठहरू छन्,’ मीना भन्छिन्, ‘तर, कात्तिकदेखि सबै घाँस सुक्छ। अहिले त चौरी गाउँमै छन्।’

लेकको जिन्दगी बेसीको जस्तो सहज भने छैन।

मंसिरको सुरुदेखि नै चिसो अत्यधिक बढ्न थाल्छ। पानीका मूलसमेत जम्छन्। अनि पानी ल्याउन हरेक दिन एक घण्टा हिँड्नुपर्छ। ‘दुःख छ। जर्किनमा र यी नै दुई वटा बोतलमा पानी ल्याउछौँ,’ उनी भन्छिन्, ‘यहाँ त भित्रै राखेको पानी पनि जम्छ।’

अघिल्लो रात भान्साकोठामै छाडिएको बोतलको पानी जमिसकेको थियो। 

मीनाले चार कक्षासम्म पढेकी छन्। लेखपढ गर्न सक्छिन्। १३ वर्षको उमेरमै विवाह भयो। १७ वर्षको उमेरमा आमा बनिन्। अहिले ६ जना छोरी छन्। जेठी छोरी १३ वर्षकी भइन्। उनी बल्ल ३० वर्ष पुग्दैछिन्। उनी भन्छिन्, ‘कान्छी हिजो मात्र (पुस १) चार पूरा भएर पाँच वर्ष लाग्यो।’

उनका श्रीमान् नेमासिं वाइबा अहिले काठमाडौँ गएका छन्। उनी भन्छिन्, ‘श्रीमान् यो बाटोको सचिव हो। पैसाको हरहिसाब मिलाउन उता गएको हो।’ पाँचपोखरी जाने पैदलयात्राका लागि बाटो बनेको छ।

उनले चलाएको होटेलबाटै घरखर्च टर्छ। छोरीहरूलाई पढाएकी छन्। ‘जेठी छोरी ८ कक्षामा पुग्यो, उसलाई डाक्टर बनाउन मन छ। पढाइ पनि राम्रो छ,’ उनी भन्छिन्।

कुराकानीपछि मैले उनलाई फोटोको लागि आग्रह गरेँ। 

‘यहाँ त अँध्यारो आउँछ होला,’ भान्साघरमा केही तस्बिर खिचेपछि उनी बोलिन्।

हामी बाहिर निस्कियौँ। पृष्ठभूमिमा जुगल मुस्कुराइरहेको थियो। सामुन्ने मीना लजालु मुस्कानसहित उभिइन्।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्