• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रंगशाला निर्माणबाट पछि हटे धुर्मुस–सुन्तली    

64x64
नेपाल लाइभ मंगलबार, पुस ६, २०७८  १३:०३
1140x725

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा निर्माण भइरहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को जिम्मेवारीबाट हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पछि हटेका छन्। धुर्मुस–सुन्तलीको संस्था ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले भरतपुर महानगरपालिकालाई रंगशाला निर्माणको स्वामित्व लिन पत्र लेख्दै आफू रंगशालाको निर्माण कार्यबाट पछि हटेको बताएको छ।

फाउण्डेसनले महानगरलाई लेखेको पत्रानुसार आर्थिक संकलन हुन नसकेपछि सम्झौताअनुरुप रंगशाला निर्माणको जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गर्न लागिएको हो।

फाउण्डेसनले महानगरलाई लेखेको पत्रमा कोरोना महामारीका कारण आर्थिक स्रोत जुटाउनमा समस्या भएपछि निर्माण कार्य सम्पन्न गर्न नसकेकाले महानगरलाई नै रंगशाला निर्माणको जिम्मेवारी दिइएको बताएको छ।

‘फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नम्बर ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले  तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाइ भएको छ,’ फाउण्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ। 

हाँस्यकलाकार धुर्मुस र सुन्तलीले २०७४ चैतमा सामाजिक सञ्जालमार्फत चितवनमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए। जसकालागि उनीहरुले विभिन्न माध्यमबाट आर्थिक सहयोग जुटाउने अभियान नै चालेका थिए। लामो समयसम्म देशविदेशबाट रंगशाला निर्माणका लागि आवश्यक आर्थिक संकलन समेत भएको थियो।

एक वर्षपछि १६ माघ २०७५ मा रंगशाला निर्माणको काम सुरु भएको थियो। रंगशाला निर्माणको काम सुरु भएयता पटक पटक धुर्मुस सुन्तली र उनीहरुको फाउण्डेसनले आर्थिक अभाव भएको र निर्माण सामग्री खरिददेखि निर्माण कार्यमै करोडौं ऋण लागेको बताउँदै आएका थिए।

गत भदौमा पनि उनीहरुले १६ करोड रुपैयाँ ऋण लागेको बताउँदै अब काम गर्न नसक्ने अवस्था आएको उल्लेख गरेका थिए। भदौबाटै रंगशाला निर्माणको काम ३५ प्रतिशत पूरा भएको दाबी गर्दै धुर्मुस सुन्तलीले हाललाई औपचारिक रुपमा निर्माण रोकेको समेत बताएका थिए। चौतर्फी ऋण भएको र निर्माण कार्यलाई अगाडि बढाउन पनि आय नभएको बताउँदै उनीहरुले रंगशाला निर्माणको कामलाई रोकेका थिए।

अहिले भने उनीहरुले औपचारिक रुपमै रंगशाला निर्माणको कामबाट हात झिकेका छन्। महानगरलाई पत्र लेख्दै उनीहरुले रंगशाला निर्माणको कामबाट पछि हटेका हुन्। भरतपुर महानगरपालिकासँग रंगशाला निर्माणको विषयमा भएको सम्झौताअनुसार अब रंगशाला महानगरको जिम्मामा हुनेछ। सम्झौताअनुसार विशेष परिस्थिति आएमा निर्माणकै क्रममा पनि स्वामित्व हस्तान्तरण गर्न सकिने उल्लेख थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले कोरोना महामारीका कारण निर्माण सम्मन्न गर्न असहज परिस्तिथि सिर्जना भएकाले रंगशाला निर्माणको काम महानगरलाई हस्तान्तरणका लागि अनुरोध गरेकी थिइन्। महानगरको कार्यपालिकाको बैठकले निर्णय गरि आवश्यक प्रक्रिया अगाडि बढाएको उनले बताइन्।

विगत पाँच महिनादेखि रोकिएको कामलाई कि अघि बढाउन कि सम्झौताअनुसार महानगरलाई जिम्मेवारी सुम्पिन भनेपछि रंगशाला निर्माणको कामबाट धुर्मुस–सुन्तली पछि हटेका हुन्। 

अब भने फाउण्डेसनले महानगरलाई बुझाएको विवरणको सरकारीस्तरबाट जाँचबुझ गरि मन्त्रालयमार्फत मन्त्रिपरिषद्‌मा पठाएर थप प्रक्रिया अघि बढाइने दाहालले बाएकी छिन्। रंगशाला निर्माणका लागि बाँकी काम बहुवर्षीय आयोजना अन्तर्गत रहेर बोलपत्र आह्वान गरी अघि बढाउनका लागि महानगरले संघीय सरकारलाई अनुरोध गरेको उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं।' भरतपुर महानगरपालिकाको महत्त्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागिपरेको दाहालको भनाइ छ। 

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रंगशालाका लागि उपलब्ध गराएको हो। फाउण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ। महानगरले फाउण्डेसनलाई लेखेको पत्रमा भने निर्माण कार्यमा खर्च भएको १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको समेत उल्लेख गरेको छ।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रंगशाला निर्माणको काम हुनसकेको छैन। उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक संकलन हुन नसकेको भन्दै काम रोकिएको हो। रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ।

रंगशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको यसअघि नै फाउण्डेशनले दाबी गरेको थियो। रंगशाला सम्पन्न गर्न तीन अर्ब  रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्