• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रंगशाला निर्माणबाट पछि हटे धुर्मुस–सुन्तली    

64x64
नेपाल लाइभ मंगलबार, पुस ६, २०७८  १३:०३
1140x725

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा निर्माण भइरहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को जिम्मेवारीबाट हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पछि हटेका छन्। धुर्मुस–सुन्तलीको संस्था ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले भरतपुर महानगरपालिकालाई रंगशाला निर्माणको स्वामित्व लिन पत्र लेख्दै आफू रंगशालाको निर्माण कार्यबाट पछि हटेको बताएको छ।

फाउण्डेसनले महानगरलाई लेखेको पत्रानुसार आर्थिक संकलन हुन नसकेपछि सम्झौताअनुरुप रंगशाला निर्माणको जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गर्न लागिएको हो।

फाउण्डेसनले महानगरलाई लेखेको पत्रमा कोरोना महामारीका कारण आर्थिक स्रोत जुटाउनमा समस्या भएपछि निर्माण कार्य सम्पन्न गर्न नसकेकाले महानगरलाई नै रंगशाला निर्माणको जिम्मेवारी दिइएको बताएको छ।

‘फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नम्बर ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले  तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाइ भएको छ,’ फाउण्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ। 

हाँस्यकलाकार धुर्मुस र सुन्तलीले २०७४ चैतमा सामाजिक सञ्जालमार्फत चितवनमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए। जसकालागि उनीहरुले विभिन्न माध्यमबाट आर्थिक सहयोग जुटाउने अभियान नै चालेका थिए। लामो समयसम्म देशविदेशबाट रंगशाला निर्माणका लागि आवश्यक आर्थिक संकलन समेत भएको थियो।

एक वर्षपछि १६ माघ २०७५ मा रंगशाला निर्माणको काम सुरु भएको थियो। रंगशाला निर्माणको काम सुरु भएयता पटक पटक धुर्मुस सुन्तली र उनीहरुको फाउण्डेसनले आर्थिक अभाव भएको र निर्माण सामग्री खरिददेखि निर्माण कार्यमै करोडौं ऋण लागेको बताउँदै आएका थिए।

गत भदौमा पनि उनीहरुले १६ करोड रुपैयाँ ऋण लागेको बताउँदै अब काम गर्न नसक्ने अवस्था आएको उल्लेख गरेका थिए। भदौबाटै रंगशाला निर्माणको काम ३५ प्रतिशत पूरा भएको दाबी गर्दै धुर्मुस सुन्तलीले हाललाई औपचारिक रुपमा निर्माण रोकेको समेत बताएका थिए। चौतर्फी ऋण भएको र निर्माण कार्यलाई अगाडि बढाउन पनि आय नभएको बताउँदै उनीहरुले रंगशाला निर्माणको कामलाई रोकेका थिए।

अहिले भने उनीहरुले औपचारिक रुपमै रंगशाला निर्माणको कामबाट हात झिकेका छन्। महानगरलाई पत्र लेख्दै उनीहरुले रंगशाला निर्माणको कामबाट पछि हटेका हुन्। भरतपुर महानगरपालिकासँग रंगशाला निर्माणको विषयमा भएको सम्झौताअनुसार अब रंगशाला महानगरको जिम्मामा हुनेछ। सम्झौताअनुसार विशेष परिस्थिति आएमा निर्माणकै क्रममा पनि स्वामित्व हस्तान्तरण गर्न सकिने उल्लेख थियो। 

Ncell 2
Ncell 2

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले कोरोना महामारीका कारण निर्माण सम्मन्न गर्न असहज परिस्तिथि सिर्जना भएकाले रंगशाला निर्माणको काम महानगरलाई हस्तान्तरणका लागि अनुरोध गरेकी थिइन्। महानगरको कार्यपालिकाको बैठकले निर्णय गरि आवश्यक प्रक्रिया अगाडि बढाएको उनले बताइन्।

विगत पाँच महिनादेखि रोकिएको कामलाई कि अघि बढाउन कि सम्झौताअनुसार महानगरलाई जिम्मेवारी सुम्पिन भनेपछि रंगशाला निर्माणको कामबाट धुर्मुस–सुन्तली पछि हटेका हुन्। 

अब भने फाउण्डेसनले महानगरलाई बुझाएको विवरणको सरकारीस्तरबाट जाँचबुझ गरि मन्त्रालयमार्फत मन्त्रिपरिषद्‌मा पठाएर थप प्रक्रिया अघि बढाइने दाहालले बाएकी छिन्। रंगशाला निर्माणका लागि बाँकी काम बहुवर्षीय आयोजना अन्तर्गत रहेर बोलपत्र आह्वान गरी अघि बढाउनका लागि महानगरले संघीय सरकारलाई अनुरोध गरेको उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं।' भरतपुर महानगरपालिकाको महत्त्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागिपरेको दाहालको भनाइ छ। 

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रंगशालाका लागि उपलब्ध गराएको हो। फाउण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ। महानगरले फाउण्डेसनलाई लेखेको पत्रमा भने निर्माण कार्यमा खर्च भएको १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको समेत उल्लेख गरेको छ।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रंगशाला निर्माणको काम हुनसकेको छैन। उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक संकलन हुन नसकेको भन्दै काम रोकिएको हो। रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ।

रंगशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको यसअघि नै फाउण्डेशनले दाबी गरेको थियो। रंगशाला सम्पन्न गर्न तीन अर्ब  रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्