• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

‘गनगन’ छाडेपछि गगनका चुनौती

64x64
डिबी खड्का सोमबार, पुस ५, २०७८  २०:३५
1140x725

काठमाडौं- गगन थापाको लोकप्रियताका विषयमा यसअघि धेरैको टिप्पणी हुन्थ्यो- पार्टीभित्रभन्दा बाहिर बढी लोकप्रिय छन्। महामन्त्रीमा ३०२३ मत पाएर थापाले त्यसलाई चुनौती दिएका छन्।

उनले प्राप्त गरेको यो मत पार्टीभित्रै बनाएको बागी नेताको छविको परिणाम हो। २०७४ को निर्वाचनपछि निरीह बनेको कांग्रेसलाई संसद्‍मा ज्युँदोजाग्दो राखिदिएको कृतज्ञता हो र कांग्रेस बदल्ने संकल्पको अनुमोदन पनि।

२०७४ पछि कहिले ९ जनाको समूह बनाएर त कहिले १२ पुर्‍याएर उनले पार्टी नेतृत्वमाथि दबाब सिर्जना गरिरहे। कांग्रेसभित्रको अव्यवस्थामाथि बोलिरहे। प्रतिपक्ष सांसदका रुपमा संसद्‍मा खेलेको भूमिका पनि कांग्रेसजनका लागि लाभदायी रह्यो। गगनको राजनीतिक यात्रा 'गगन'तिर डोर्‍याउन यी क्रियाकलापले सहयोग गरिरहे।

नेपाली राजनीतिमा उनको उदय नै 'बागी'को छविसहित भएको हो। उनको पहिलो सार्वजनिक पद प्राप्ति पनि विद्रोहकै उपज रहेको पत्रकार थिरलाल भुसालले स्मरण गरेका छन्। उनले कांग्रेसको आधिकारिक प्यानलबाट टिकट नपाएपछि हरि आचार्यसँगै बागी प्यानल बनाएर त्रिचन्द्र क्याम्पसमा स्ववियु सचिव जितेका थिए। पछि स्ववियु सभापतिसमेत भए। 

त्यहीँबाट सुरु भएको पार्टीको उपल्लो नेतृत्वसँग टक्कर लिने क्रम आज पर्यन्त जारी छ। नेविसंघ महामन्त्री हुँदा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग उनको 'टसल' भइरह्यो। 

कुनै समय कोइरालाले 'नरहरि र गगन दरबारिया हुन्' भनेको कुरा सञ्चारमाध्यममा छापियो। गगनले पत्रकार सम्मेलन गरेर त्यसलाई चुनौती दिए, 'म केही पनि बोल्दिनँ तर, यो आरोपलाई पुष्टि गर्नूस्। होइन भने म छोड्दिनँ।'

त्यो बेलामा कांग्रेसमा गिरिजा नामै काफी थियो। अहिलेको एमालेका 'ओली', गिरिजाप्रसादसँग 'टक्कर' लिने नरहरि आचार्य महाधिवेशनमा 'भीम रावल' बनाइए। अर्थात् ११ औं महाधिवेशनमा सभापतिका उम्मेदवारका रुपमा गिरिजाले १२ सय १५ ल्याउँदा नरहरिको १६५ मत आएको थियो।

कांग्रेस नेतृत्वले गणतन्त्र स्वीकारिरहेको थिएन। थापाको नेतृत्वमा त्रिचन्द्र कलेजमा बहस चलिरहेको थियो, 'राजसंस्थाको सान्दर्भिकता कति?' त्रिचन्द्रभन्दा अघि बढेर रातो घरको चौराहामा पुगेको जुलुसमा उनको वैचारिक अग्रगमन देखिन थाल्यो, 'तिथिमिति टिपेर राख्नूस्, दरबार मेरो ठीक अघिल्तिर छ। सुन्दा तपाईंहरूलाई अचम्म लाग्नसक्छ। तर, याद गर्नूस्, नेपालमा अब यो राजसंस्था ढल्यो, ढल्यो। नेपालमा गणतन्त्र आयो, आयो। यसलाई कसैले पनि रोक्न सक्दैन अब।'

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी नीतिलाई नाघेर आमजनको लय समातेका उनलाई यही विचारले जेलसम्म पुर्‍यायो। परिवर्तनका पक्षमा माहोल बनाउन खेलेको नेतृत्वदायी भूमिकाले नेपाली कांग्रेस नेतृत्वले उनलाई चाहेर 'इग्नोर' गर्न सकेन। कांग्रेस बाहिरियाले पार्टीभित्रको प्रतिपक्षमाथि स्वाभाविक मलजल गरिरहे। त्यसले उनको राजनीतिक हुर्काइमा सहयोग नै पुग्यो।

कांग्रेसको १३औं महाधिवेशनमै पदाधिकारी बनेर बागीबाट व्यवस्थापक बन्ने उनको चाहना पूरा हुन सकेन। साढे पाँच वर्ष नचाहेरै उनी पार्टीभित्रको प्रतिपक्षमा बस्नुपर्‍यो।

उनले गत भदौमा नेपाल लाइभसँगको संवादमा भनेका थिए- 'मैले सधैँ सीमान्तमा बसेर पार्टीको नेतृत्वमाथि प्रश्न उठाएँ। महामन्त्री भएको दिनदेखि मेरो परीक्षा सुरु हुने हो। त्यसैले जिम्मेवारी देऊ भनेको हुँ। रेकर्डमा राखेर हेर्ने हो भने मैले नेतृत्वमा धेरै प्रश्न गरेको छु। विगतमा नेतृत्वमाथि उठाएका ती प्रश्न महामन्त्री भएको दिनदेखि मैतिर सोझिन्छन्। त्यसैले म कामै गर्ने हो, अब गनगन होइन भनेको हुँ।'

आम प्रतिक्षाको विषय नै यही छ- गनगन अर्थात् विरोध छाडेर व्यवस्थापन अँगालेका गगन कस्ता देखिएलान्? कहाँ-कहाँ भेटिएलान्? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा उनको पहिलो चुनौती नै 'यो भएन, त्यो भएन' भनेर प्रश्न उठाउने आफ्नै स्वभावको व्यवस्थापन हुनेछ। हिजो उनी नबोल्दा समस्या हुन्थ्यो, अब तौलेर बोल्न सकेनन् भने समस्या हुन्छ। उनी आफैं गर्नुपर्ने ठाउँमा पुगेका छन्।

कांग्रेसमा उनी अनुकूल वातावरण अझै नबन्न सक्छ। बनाउन समय लाग्नसक्छ। वातावरण नबनिसकेको अवस्थामा उनले गर्नसक्ने केही हुँदैन। यदि केही गर्न सकेनन् भने प्रश्न उठ्नेछ- के भयो त? 

त्यो बेला उनीसँग गुनासो सुनाउने अवसर होइन, असफल करार हुने अवस्था मात्रै हुनेछ। किनभने उनले यसअघि पटक-पटक भनेका छन्, 'मेरा देश र पार्टीसँग जोडिएका ती सपना पूरा गर्नका लागि म महामन्त्री हुने हो। पार्टीका बेथिति बढार्नका लागि, सुदृढ पार्टी निर्माणका लागि मैले काम गर्ने हो।'

कांग्रेसको मुख्य नेतृत्वमा शेरबहादुर देउवा दोहोरिएका छन्। उनको 'लाइन' स्पष्ट छ- प्रधानमन्त्री ७ पटक हुनुपर्नेछ। जनताको भविष्यभन्दा ज्योतिषीको सपना पूरा गर्नमा उनको जोडबल हुनेछ। किनभने, उनले भोट माग्दा नै भनेका छन्, 'मैले सभापतिमा हारें भने प्रधानमन्त्रीबाट हटाउँछन्।' कांग्रेसजनले भोटबाट देखाइदिए- 'शेर' शक्तिहीन भएको सुहाउँदैन।

यही माहोलको पूर्वसन्ध्यामा गगनले मङ्सिर २३ गते घोषणा गरिदिए- अबको महामन्त्रीले नेतृत्वलाई कांग्रेसको वैचारिक लाइन सुझाउँछ। त्यही लाइनमा कांग्रेस हिँडाउँछ। उनले त्यही दिन 'समुन्नत नेपाल, सम्मानित नेपाली'को अवधारणा प्रस्तुत गरेर कांग्रेसले देशका लागि लिनुपर्ने बाटोसमेत तय गरेका छन्। कांग्रेसलाई यो बाटोमा ल्याउनुअघि उनले सभापति देउवालाई ल्याउनुपर्नेछ। 

उनका अनुसार 'समुन्नत नेपाल'को राजनीतिक मिसनका केही निश्चित मापकहरू हुने छन्। सुरुमै भनेका छन्- 'नेपाल समुन्नतितर्फ बढ्दै जाँदा वंश वा जाति वा लिंगको आधारमा प्राप्त हुने विशेषाधिकारको अवस्था घट्दै जानेछ, जन्म भएको परिवार र स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ।'

तर, कांग्रेसमा जन्म भएको परिवारको आधारमा नेता हुने क्रम जारी छ। र, त्यो कतिसम्म स्वीकार्य पनि छ भन्ने कुरा गगनले १३औं महाधिवेशनमा राम्रोसँग बुझेका छन्। १४औंमा पनि झेलेका छन्। श्रीमती आरजु राणा देउवा केन्द्रीय सदस्य हुँदै गुट सम्हाल्ने गरी तयार भइरहेकी छन्। साथै, छोरा जयवीर देउवाले राजनीतिमा आउने मनशाय राखेर क्रियाशील सदस्यता लिएका छन्। जन्म भएको परिवारका आधारमा 'भाग्य' निर्धारण हुने प्रचलनको अन्त्यका लागि देउवा कसरी तयार होलान्?

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्