काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई अन्याय गरेको बताएका छन्।
शुक्रबार समाजिक सञ्जालमार्फत् उनले मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐेरीमाथि क्यानले गरेको कारबाही न्यायसंगत नभएको बताएका हुन्।
मंसिर २९ गते बसेको क्यानको बैठकले अनुशासन उल्लघंन गरेको भन्दै मल्ल र दीपेन्द्र, सोमपाल र कमलमाथि कारबाही गरेको थियो।
कप्तानबाट मल्ललाई हटाएर उक्त जिम्मेवारी लेग स्पिनर सन्दीप लामिछानेलाई दिइएको छ। यता, उपकप्तानको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन। यस्तै उनीहरूलाई ६ महिनाको सेन्ट्रल कन्ट्र्याक्ट समेत राखिएको छैन।
‘क्यानले खेलाडीहरुप्रति अपमानित व्यवहार गरेको छ। हामी आफ्ना खेलाडीहरुको समर्थनमा छौं,’ पारसले लेखेका छन्,‘ आशा छ क्यानले आफ्नो निर्णय फिर्ता लिनेछ र खेलाडीहरूलाई फेब्रुअरीमा हुने टी२० विश्वकप छनोटको तयारीमा ध्यान केन्द्रित गराउने छ।’
आगामी दिनमा नेपाली क्रिकेटको ओडीआई स्टाटस कायम राख्न र फेब्रुअरीमा हुने टी २० विश्वकप क्वालिफायरको तयारीमा खेलाडीलाई केन्द्रित गराउन पनि निर्णय फिर्ता लिनुपर्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।