काठमाडौं– आफूलाई समर्थन गरेका उम्मेदवारले समेत मत पाएपछि नेपाली कांग्रेसको सहमहामन्त्री (मधेसी)का उम्मेदवार रामकृष्ण यादव पराजित भएका छन्। 
नेता शेखर कोइरालाको प्यानलबाट मधेसी समूहको सहमहामन्त्रीमा उम्मेदवारी दिएका रामकृष्णलाई अर्का उम्मेदवार रञ्जित कर्णले समर्थन गरेका थिए। 
उम्मेदवारी दर्तापछि दाबी–विरोध र फिर्ताको समय सकिएपछि मात्रै रञ्जितले रामकृष्णलाई समर्थन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए। तर, महाधिवेशन प्रतिनिधिले उनलाई पनि मत दिँदा रामकृष्णको मत काटियो। 
मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा रामकृष्ण २०६ मतले पराजित भए। जबकि उनलाई समर्थन गरेका रञ्जितले ४७२ मत ल्याए। 
रामकृष्णलाई पराजित गर्दै महेन्द्र यादव मधेसी तर्फको सहमहामन्त्रीमा विजयी भएका छन्। सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका महेन्द्र २०२६ मत ल्याएर विजयी हुँदा रामकृष्णले १८२० मत ल्याए। 
 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।