काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री (थारु)मा उमाकान्त चौधरी विजयी भएका छन्।
सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट सहमहामन्त्रीका उम्मेदवार रहेका चौधरी नेता शेखर कोइराला पक्षका उम्मेदवार तेजुलाल चौधरीलाई पराजित गर्दै सहमहामन्त्रीमा विजयी भएका हुन्।
विजयी उमाकान्तले २७५६ मत ल्याए। उमाकान्तसँग पराजित भएका तेजुलालले १८७७ मत ल्याए।
विजयी चौधरी कांग्रेस नेता कृष्ण सिटौलाको 'कोटा'मा देउवा नेतृत्वको प्यानलबाट सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। सिटौलाको कोटाबाट पदाधिकारीमा विजयी हुने चौधरी एक्ला उम्मेदवार बनेका छन्।
चौधरी देउवा नेतृत्वको मन्त्रिपरिषद्का सदस्य समेत हुन्। हाल उनी खानेपानीमन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।